Tuesday, October 2, 2012

सन् २०१४को डिभी फारम आजदेखि खुला

काठमाण्डौं । सन् २०१४ को इडिभी फारम आजदेखि खुला भएको छ । नेपाली
समयअनुसार आज राती पौने दशबाट अमेरिकाको डाइभर्सिटी भिसा कार्यक्रममा
सहभागी हुन
सकिनेछ । यो चिठ्ठा कार्यक्रम नेपाली समयअनुसार सन् २०१२ नोभेम्बर ३
तारिख शनिबार राती पौने दश बजे समाप्त हुने अमेरिकी विदेश-विभाग (स्टेट
डिपार्टमेन्ट) ले जनाएको छ । डिभीको आधिकारिक वेबसाइट
www.dvlottery.state.gov हो । डिभीबाट प्रत्येक वर्ष बढीमा ५५ हजार
विदेशीले अमेरिकामा काम गर्ने र बस्ने अधिकार-प्राप्त 'ग्रिनकार्ड'
पाउँछन् । बंगलादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमिनिकन
रिपब्लिक, इक्वेडर, एल साल्भाडोर, हैटी, भारत, जमाइका, मेक्सिको,
पाकिस्तान, पेरू, फिलिपिन्स, दक्षिण कोरिया, संयुक्त अधिराज्य (नर्दर्न
आयरल्यान्डबाहेक) तथा यसका अधिनका भू-भाग र भियतनामका नागरिकले डिभीमा
सहभागी हुन पाउँदैनन् । हङकङ, मकाउ र ताइवानमा जन्मेको व्यक्तिले डिभीमा
सहभागी हुन पाउँछ । डिभीको परिणाम सन् २०१३ मे १ मा निस्कन थाल्ने
विभागले जनाएको छ । अमेरिकाको कंग्रेसले सन् १९९० मा डाइभर्जिटी भिसा
प्रोग्राम ल्याएको हो । योभन्दा सजिलो कुनै अरु उपायले अमेरिकाको स्थायी
बासिन्दा हुने आधार छैन । चिठ्ठाका लागि स्नातक तह मात्र पुरा भएको
हुनुपर्छ । विशेषज्ञता चाहिन्न । चिठ्ठा परे पनि अन्तर्वार्ता, उसको
पृष्ठभूमी र स्वास्थ्य हेरिन्छ । कसरी भर्ने ? डाइभर्सिटी भिसाको लागि
इलेक्ट्रोनिक आवेदन फाराम (ई-डिभी) www.dvlottery.state.gov मा प्राप्त
गर्न सक्नुहुनेछ । दर्ता गरिसकेपछि आफ्नो "कन्फर्मेशन पेज" प्रिन्ट र सेभ
गर्न नबिर्सनुहोला । यस पेजमा तपाईंको "एन्ट्री स्टेटस चेक" हुनेछ र
आफ्नो स्टेटस कसरी हेर्ने भन्ने बारे जानकारी दिइएको हुन्छ । आवेदकहरूले
आवेदन भर्ने क्रममा आफ्नो ईमेल ठेगाना उपलब्ध गराउनु पर्नेछ । छनौट
भएकाहरूलाई ईमेलद्वारा सूचित गरिनेछैन । तपाईंले आफू डिभीका लागि छनौट
हुनु भए नभएको पत्ता लगाउन सन् २०१३ मे १ देखि सन् २०१४ जुन ३० भित्र
आफ्नो एन्ट्री स्टेटस चेक मार्फत www.dvlottery.state.gov मा गई बुझ्न
सक्नुहुनेछ । आफू छनौट भए नभएको पत्ता लगाउने यही नै एउटा माध्यम हो ।
कृपया याद गर्नुहोस् तपाईं डिभी विजेताका रुपमा छनौट भई तपाईंले
केसीसीबाट दोस्रो चिठी प्राप्त गर्दैमा त्यसले तपाईंले भिसा प्राप्त
गर्नुहनुेछ भन्ने कुराको सुनिश्चित गर्दैन । तपाईंको भिसा अन्तर्वार्ताको
समयमा कन्सुलर अधिकृतले तपाईंको योग्यता पुगे नपुगेको तथा संयुक्त राज्य
अमेरिकाको कानून बमोजिम डिभीका लागि योग्य रहे नरहेको निर्धारण गर्नेछ ।
भिसाका लागि योग्य हुन डिभी विजेताहरूले कम्तीमा बाह्र वर्ष बराबरको
औपचारिक शिक्षा हासिल गरेको हुनुपर्दछ । उच्च शिक्षाका कुनै पनि
संस्थानमा कुनै पनि विषय पढ्न पाउने गरी नेपाल सरकारले मान्यता दिएका
सीटीईभीटी लगायतका व्यावसायिक डिग्रीलाई मात्र औपचारिक शिक्षा सरहको
मान्यता दिइनेछ । सीमित उच्च शैक्षिक कार्यक्रममा मात्र सहभागी हुन पाउने
खालका व्यावसायिक डिग्रीलाई बाह्र वर्षे औपचारिक शिक्षा सरहको मान्यता
दिइनेछैन । डिभी कार्यक्रमसम्बन्धी थप जानकारीका लागि कृपया
www.dvlottery.state.gov वा काठमाडौंस्थित अमेरिकी दूतावासको वेबसाइट
http:// nepal.usembassy.gov हेर्नुहोस् ।source OnlineKhabar.

No comments:

Post a Comment