Tuesday, October 2, 2012

पहिरोले घर बगाउँदा ५ को मृत्यु

१६ असोज,सङ्खुवासभा । सङ्खुवासभाको धुपु गाविस ८ ज्यामिरेमा पहिरोले एक
घर बगाउँदा ५ जना बेपत्ता भएका छन, उनिहरु मारिएको आशंका गरिएको छ।
गएराति झरेको पहिरोमा परी ज्यामिरेमा रहेको चक्रबहादुर राईको घर बगेको
थियो । पहिरोमा परेर ५२ वर्षिय दिलमाया राई, २२ वर्षका उषा राई, १२
वर्षका युना राई, डेढ वर्षका दिलकुमार राई र पाहुना बस्न गएका कृष्ण
घिमिरे बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । पहिरोमा परेका १६ वर्षका
कमला राई र सोमकुरमा राईलाई भने स्थानीयबासीले उद्वार गरी उपचारको लागि
अस्पताल पठाएका छन् । बेपत्ता भएकाहरुको उद्धारको लागि प्रहरीको टोली
घटनास्थलतर्फ पठाइएको छ ।
Comments:

No comments:

Post a Comment