Wednesday, October 3, 2012

चितुवाले खायो बालक

१७ असोज, ललितपुर । ललितपुरको छम्पीमा चितुवाको आक्रमणबाट ४ वर्षिया
बालकको रहेर बिष्टको मृत्यु भएको छ । हिजो साँझ छम्पी-२, विष्ट गाउँस्थित
घरमा बसिरहेका बेला विष्टमाथि चितुवाले आक्रमण गरेको थियो । बाक्लो
बस्तीको बिचमै घरमा चितुवाले बालकलाई आक्रमण गरेको थियो ।
उनी स्थानिय होली टेम्पल सेकेन्डरी स्कुलमा केजीमा अध्धयनरत थिए । गाउँमा
पहिला चितुवाको देखा परे पनि गाँलेलाई आक्रमण गरेको थिएन । चितुवाको
आक्रमणमा परेको बालक विष्टको शरीर गाउँभन्दा ६ सय मिटर तल भेटिएको हो ।
मृत बालक प्रहरी आयुक्त कार्यालयमा कार्यरत हबल्दार घनश्याम विष्टका छोरा
हुन् ।

No comments:

Post a Comment