Wednesday, October 3, 2012

अब सातामा २ दिन बिदा

१७ असोज, काठमाडौ । सरकारले जाडो महिनामा विद्युतको माग बढी हुने भएकोले
शनिबार र आइतबार विदा दिन सोच बनाएको छ । मन्त्रिपरिषद्को आर्थिक तथा
पूर्वाधार समितिको मंगलबार बसेको बैठकले आगामी पुस, माघ, फागुन र चैत चार
महिनाभर दुई दिन विदाको प्रस्ताव गरेको छ । सरकारी कार्यालयमा दैनिक २५
मेगावाट विजुली खपत हुने भएकाले उक्त विद्युत बचाउन दुई दिने बिदाको
प्रस्ताव ल्याईएको हो । स्वास्थ्य तथा जनसंख्या र अन्य अत्यावश्यक
कार्यालमा भने विदा हुने छैन् । सरकारले निजी क्षेत्रलाइ पनि सातामा दुइ
दिन विदाको प्रस्ताव गर्ने भएको छ । निजी क्षेत्रका कार्यालय बन्द भए
दैनिक ७५ मेघावाट विद्युत बचत हुने सोचाई विज्ञहरुको छ । त्यसैगरी सरकारी
कार्यालयमा हिटर र एयरकन्डिसन बन्द गर्ने निर्णय पनि हुने भएका छ ।
त्यस्तै विद्युत चुहावट नियन्त्रण गर्ने अभियानलाई प्रभावकारी रुपमा अघि
बढाउने निर्णय समेत भएको छ । हाल २८ प्रतिशतभन्दा बढी विद्युत चुहावट
हुने गरेको छ । जलविद्युत आयोजनामा अवरोध आएमा संकटकाल लगाएर भएपनि
आयोजना निरन्तर अगाडी बढाउने निर्णय भएको छ । मन्त्रिपरिषद्को आर्थिक तथा
पूर्वाधार समितिको मंगलबार बसेको बैठकले आयोजनास्थलमा अवरोध भएमा
संकटकाल-इमरजेन्सी)लगाउने निर्णय गरेको हो ।

No comments:

Post a Comment