Friday, August 17, 2012

मलमासले नवदम्पत्तीलाई मार

१ भदौ, काठमाडौं । भर्खर बिहे गरेका दम्पत्ती यतिबेला अन्योलमा छन् । कोही भन्छन्, मलमासमा सँगै बस्न हुँदैन । कोही भन्छन्, सहवास नगर्दा सँगै बसेर केही हुँदैन । भर्खर भर्खर बिहे गरेकोलाई सँगै बस्ने रहर पूरा भएको छैन । यहीबेला मलमास पर्यो । एक महिना लामो अवधि छुट्टाछुट्टै बस्न पुराना दम्पत्तीलाई त मन लाग्दैन । नयाँ झन् कसरी सक्लान् ?
ज्योतिषहरुका अनुसार मलमासमा गर्भ बस्यो भने त्यो राम्रो हुँदैन । त्यसैले नवदम्पत्ती मलमासभर सँगै बस्न नहुने उनीहरुको मान्यता छ । एक एक महिना भिन्नाभिन्नै बस्नुपर्दा एक त मन नमान्ने । अर्को कामधन्दा र व्यापार व्यवसाय गर्नुपर्नेहरुलाई अव्यवहारिक पनि हुने । सहबास नगर्ने हो भने मलमासको अवधिभर सँगै बस्दा पनि केही नहुने ज्योतिषहरु बताउँछन् । तर सँगै उठबस र लसपस भैरहँदा दम्पत्तीले सहवासको रहर थाम्न सक्लान् ? त्यो पनि गाह्रो छ । सँगै बस्दा पनि गाह्रो, नबस्दा झन् गाह्रो । त्यसैले नव दम्पत्तीलाई मलमासले हैरान र अन्योल बनाएको छ ।
तिथिका हिसाबले भने शनिबारदेखि शुरु हुने भएपनि शुक्रबार बेलुकीदेखि नै मलमास लाग्ने ज्योतिष वासुदेव कृष्णशास्त्रीले जानकारी दिनुभयो । उहाँका अनुसार मलमासभर नव दम्पत्ती सँगै बस्न हुँदैन । महत्वपूर्ण कामकाज र धार्मिक कार्य पनि गर्न नहुने मान्यता छ ।
मलमास अर्थात अधिकवर्ष भनेको के हो ?
शास्त्रीय पक्षअनुसार एक सौरमासमा ३६५ दिन ६ घन्टा हुन्छ भने एक चन्द्रमासमा ३५४ दिन नौ घन्टा हुने गर्दछ । सौरमास र चन्द्रमासमा समीकरण मिलाउन ज्योतिषहरुले अधिकमासको रचना गरेका हुन्।ज्योतिष तथा विद्वान्हरुको भनाइमा एक मलमासको समाप्तीपछि २८ देखि ३६ महिनासम्ममा अर्को मलमास पर्न आउँछ अन्यथा चन्द्रमासको प्रणाली बिग्रन्छ।नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा माधव भट्टराईको भनाइमा मलमास स्वाभाविक नभई विशेषरुपमा आउने गर्दछ ।

No comments:

Post a Comment