Wednesday, October 3, 2012

दुधमा सोडा, दहीमा मुसाको लिँड

१७ असोज, ललितपुर । ललितपुरको लगनखेलस्थित हिमालयन डेरी प्रडक्ट प्रालिले
बजारबाट फिर्ता भएका दुध पुन: प्रशोधन गरी बच्ने गरेको खुलासा भएको छ ।
खाध प्रविधि तथा गुण नियन्त्रण विभागले जिल्ला प्रशासनकार्यालय र
न्यायिक उपभोक्ता मञ्चको उपस्थितमा मंगलबार गरेको अनुगमनमा सो रहस्य
खुलेको हो । अनुगमन टोलीले बजारबाट फिर्ता दूध पुन: प्रशोधन गर्ने
तयारीमा राखिएको ४ सय ६० लिटर दूध पनि नष्ट गरेको छ ।
हिमालयन डेरी प्रडक्ट प्रालिले टुडे नामका दूध उत्पादन गर्ने गर्छ ।
खाद्द विभागका खाद्द निरीक्षकमदन चपागाईले अनुगमनका क्रममा बजारबाट
फिर्ता भएको दूध पुन:प्रशोधन गर्ने तयारीमा राखिएको अवस्थामा भेटिएको
बताए । 'बजारबाट फिर्ता दूध नफ्याँकी भण्डारण गर्ने कोल्ड स्टोरजमा
राखेको पाइयो', खाद्द निरीक्षले भने, 'उपभोक्ताको स्वास्थयमाथि असर
पार्ने भएकाले पार्ने भएकाले फिर्ता सबै दूध नष्ट गरियो ।' उनले दूध
प्रशोधन गर्ने भान्सा पनि अति दूषित र फोहोरै फोहोर भएको पाइएको बताए ।
अनुगमनाका क्रममा बजारमा पठाउन तयारी अवस्थामा राखिएको दूधमा लेबल नभएको
पनि पाइएको छ । यसै गरी, एक बोरा सोडासमेत दूध प्रशोधन कक्षमा फेला परेको
छ । सो सोडा मिसावटका लागि राखिएको हुन सक्ने अनुगमन टोलीले निष्कर्ष छ ।
अनुगमन टोलीले हिमालयन डेरीबाटै वितरण हुने दहीमा मुसाको लिँडसमेत फेला
परेको छ । बिक्रिका लागि बजार पठाउन लागिएको दहीमा मुसाको लिँड भेटिएको
भन्दै अनुगमन टोलीले ४० किलो दही पनि नष्ट गरेको छ । टोलीले मंगलबार नै
धापाखेलस्थित नेपल डेरीमा पनि अनुगमन गरेको थियो ।

No comments:

Post a Comment