Wednesday, August 22, 2012

लोडसेडिङ कम गर्न प्रधानमन्त्रीको निर्देशन

६ भदौ, काठमाण्डौं । प्रधानमन्त्री बाबुराम भट्टराइले लोडसेडिङ कम गर्ने परियोजना ल्याउन मुख्यसचिव र उर्जा सचिवलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आव विहान उर्जामन्त्रालय र नेपाल विद्युत प्राधिकरणका कर्मचारीसंग छलफल गर्दे प्रधानमन्त्री भट्टराईले बिद्युत परियोजनालाई सुरक्षा दिन तथा आर्थिक लगानी कम हुन नदिन अर्थ लगायतका मन्त्रालयलाई निर्देशन दिनुभएको हो ।
उर्जासचिव हरिराम कोइरालले यो बर्ष १२ घण्टा भन्दा बढ्न नदिनेगरि प्रयास भइरहेको प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको थियो ।
बर्षातको समयमा पनि मुलुकमा चर्को लोडसेडिङ भएपछि त्यसलाई कसरी कम गर्न सकिन्छ भन्ने बारेमा प्रधानमन्त्रीले छलफल गन भएको उहाँको निजी सचिवालयले जनाएको छ । मुल्य बृद्धि सँगै सोमवार बाट नेपाल बिद्युत प्राधिकरणले लोडसेडिङको समयमा समेत बृद्धि गरि साताको ४६ घण्टा पुर्‍याए पछि सर्बसाधारण तथा उद्योगी ब्यबसायी दोहोरो मार खेप्न बाध्य भएका छन ।

No comments:

Post a Comment