२१ असोज, काठमाडौ । युएईमा जारी आईसीसीइलाइट कप क्रिकेट प्रतियोगितामा आज
नेपालले साउदी अरेबियाको सामना गर्दैछ । युएईको शैख जयाद क्रकेट मैदानमा
हुने साउदी अरेबिया विरूद्दको खेल पौने १२ बजेदेखी सुरू हुनेछ ।
नेपालले साउदी अरेबियासँग आज आफ्नो तेस्रो खेल खेल्दैछ । शनिबार भएको
खेलमा कुवेतसँग ४ विकेटको लज्जास्पद हार बेहोरेको नेपालले अघिल्लो चरण
प्रवेशका लागी आजको खेल जित्नै पर्ने दवाव छ । साउदी अरेबियालाई आजको
खैलमा जित्न सकेमात्र नेपालको अघिल्लो चरणको यात्रा सम्भव हुनेछ ।
अंकतालिकामा नेपालभन्दा माथी युएई र हङकङ रहेका छन् । यी दुवै टोली ३-३
वटा खेल खेलिसकेका छन् भने नेपालले आज आफ्नोतेस्रो खेल खेल्दैछ । युएई र
हङकङ दुवैको समान ४ अंक छभने नेपालको २ अंक मात्र रहेको छ । त्यसैले पनि
आजको खैल जित्नु नेपालका लागी आवश्यक छ ।
नेपालले हिजो भएको खेलमा गरेको गल्तिको पाठ सिक्दै आज भने उत्कृष्ट
प्रदर्शन गर्नेछ भन्ने विश्वास गरिएको छ । आज हुने खेलमा नेपालले कम्तिमा
एक जना तिव्र गतिका बलरको प्रयोग गर्नुपर्नेछ ।
साउदी अरेबियालाई नेपालभन्दा निकै कमजोर टोली मानिन्छ तर क्रिकेटलाई
अनिश्चतताको खेल पनि भनिने भएकाले ढुक्क भएर भने खेल्न सकिँदैन । खेलमा
नेपालले सुरू देखीनै दवावमा राख्न सकेको खण्डमा आफूदवावबाट बच्न सक्छ र
राम्रो प्रदर्शन गर्न सक्छ । दवावमा निकै कमजोर प्रदर्शन गर्दै आएको
नेपालका लागी साउदी अरेबियालाई नै दवावमा राख्नुको विकल्प छैन् ।
No comments:
Post a Comment