Monday, May 14, 2012

नदीमा डुबेर ४ जनाको मृत्यु

News of Nepal

Lїfё ї$ lїкє a Ьоaт їй тнё ЬоттlёTяу то $aїl, Уоц caи'т шїтн йо aїґDaу ву daу їт оиlу gєт$ нaґdёґTяу то $cяёaм Ьцт иовоdу caяё$Tнґоцgн тнє gla$$ уоц $єє тнё $aмё facє$Hёaґ тнё vоїcё$ plaу fadё a dґцмШнєи уоцґ lїfє'$ a Ьоaт їй a ЬоттlєУоц'ґё $цґяоцйdєd, dґїfтїйg alоиёनरेन्द्र केसी । घोराही, दाङ । दाङ र प्युठानमा नदीमा डुबेर चारजनाको ज्यान गएको छ । जसअनुसार दाङमा तीन र प्युठानमा एकजनाको ज्यान गएको हो ।
राप्ती नदीमा डुबेर सोमवार दुई किशोरीको ज्यान गएको छ । राप्ती नदीमा नुहाउन गएको बेला भालुवाङ पुल्चोक निवासी ११ बर्षीया मधु न्यौपाने र ९ बर्षीया सुविक्षा खनालको ज्यान गएको हो । दिउँसो साढे १ बजे पौडी खेल्ने क्रममा उनीहरु डुबेर ज्यान गएको इकाला प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।
न्यौपाने स्वर्गद्वारी प्रावि पुल्चोक कक्षामा ५ मा र सुविक्षा स्थानीय बोर्डिङमा कक्षा ४ मा अध्ययन गर्ने विद्यार्थी हुन् । तराई बन्दका कारण विद्यालयहरु बन्द रहेकाले दिउँसो उनीहरु पौडी खेल्न नदीमा गएको बेला डुबेको स्थानीय महेश रिजालले जानकारी दिनुभएको छ । दुबै जनाको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र लमही लगिएको छ ।
त्यस्तै दाङकै बबई नदीमा डुवेर डुरुवा गाबिस ८ बस्ने २२ वर्षिय मोहन जिसीको मृत्यु भएको छ । नदीमा नुहाउन गएको जिसीको मृत्यु भएको हो । त्यसैगरी नदीमा डुबेर प्युठानको भिंगृमा एकजना मजदुरको ज्यान गएको छ । रोल्पा तेवाङ घर भएका १८ वर्षिय लोके पुनमगर नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । उनी भिंगृ र सारी जोड्ने निर्माणाधीन झोलुङगे पुलमा ज्यामीको रुपमा काम गर्दै आएको मजदूर हुन् ।
तपाईंको प्रतिक्रिया

No comments:

Post a Comment