Wednesday, May 30, 2012

जीप दुर्घटनामा ९ जनाको मृत्यु

पुष्पराज जोशी, डोटी, जेठ १७- डोटीको सिर्मामा आज बिहान भएको जीप दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीकाअनुसार बिहान ९:३० बजे फिर्चन गाविसको साजघाटबाट सिलगुढीतर्फ आउँदै गरेको जीप दुर्घटना भएको हो।
तीनको घटनास्थलमै र अन्यको सिलगुढी जिल्ला अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। ना १ ज ३२६१ नम्बरको जीप दुर्घटनाको कारण खुलेको छैन। जीपमा २२ जना सवार थिए।

No comments:

Post a Comment