Saturday, October 6, 2012

'जनतासँग निहुँ नखोज, समाप्त होउला'

२० असोज, काठमाडौ । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले गत जेठ १४
गतेपछि जनतासँग गुमेको विश्वासलाई जोगाउनका लागि पनि राष्ट्रिय सहमतिको
सरकार आवश्यक रहेको बताए।
नेपाली काँगे्रस क्षेत्र नं ८ को क्षेत्रीय भेलाको आज यहाँ उद्घाटन गर्दै
उनले मुलुकलाई निकास दिन राष्ट्रिय सहमति आवश्यक रहेको र आफूहरूले
सत्तालाई मात्रै केन्द्रमा नराखेको दाबीसमेत गरे।
"दलहरूकाबीचमा सहमति कायम गरी राष्ट्रिय सहमतिको सरकार बन्न सकेन भने
मुलुक चरम द्वन्द्वमा जान्छ," सभापति कोइरालाले भने, "त्यस्तो अवस्था आए
त्यसको दोष सबै दलहरूले लिनुपर्छ, त्यसैले मुलुकलाई निकास दिन दलहरू
एकढिक्का भएर जानुको विकल्प छैन।"
उनले जेठ १४ गतेपछि एकीकृत नेकपा (माओवादी)ले एकलौटीरुपमाघोषणा गरेको
निर्वाचनलगायतका निर्णयले दलहरूकाबीच विश्वास गुमेको बताए।
उनले सरकारविरुद्धको आन्दोलनबाट काँग्रेस पछि नहटेको र अहिले नजिकिँदै
आएको चाडपर्वलाई दृष्टिगत गरी आन्दोलनका कार्यक्रममा नगएको स्पष्ट पार्दै
दसैँ, तिहार र छठ पर्व सकिएपछि सरकारविरुद्धको आन्दोलन चर्काउने बताए।
सभापति कोइरालाले महँगी, भ्रष्टाचारलगायतका समस्या चर्काएर अहिले जनतासँग
निहुँ नखोज्न एमाओवादीलाई सुझाव दिँदै जनतासँग निहुँ खोज्दा स्वयम्
एमाओवादी समाप्त हुने चेतावनीसमेत दिए।
नेपाली काँगे्रसका महामन्त्रीप्रकाशमान सिंहले आफ्नो पार्टी पहिचानसहितको
सङ्घीयताको विरोधमा नरहेको उल्लेख गर्दै काँग्रेसलाई लाग्दै आएको
सङ्घीयताविरोधीकोआरोप गलत रहेको बताए।
उनले काँग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाकै नेतृत्वमा मुलुक
सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको कुरा कसैले भुल्न नहुने
भन्दै वर्तमान सरकारलाई विस्थापित गरेर सहमतीय सरकार बनाई मुलुकलाई निकास
दिनुपर्नेमा जोड दिए।
नेपाली काँगे्रसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले मुलुक दिनानुदिन
चरम सङ्कटमा परिरहेकाले राजनीतिक दलहरूले चाँडो सहमति कायम गरी मुलुकको
सङ्क्रमणकालको अन्त्य गर्नुपर्ने उल्लेख गरे।
क्षेत्रीय कार्यसमितिका सभापति मोहनबहादुर बस्नेतले मुलुकमा देखिएको
राजनीतिक र संवैधानिक सङ्कटको अन्त्य गर्न गर्न सबै गम्भीर हुनुपर्ने
बताए। रासस

No comments:

Post a Comment