२५ असोज, सुर्खेत । २५ जना क्षमता भएको जिल्ला कारागार सुर्खेतमा कोचाकोच
हुनेगरी झन्डै १२८ गुना बढी कैदी बन्दी राखीएका छन् । जिर्ण र सांघुरो
कारागारमा अहील ११४ पुरुष र १४ महिला गरी १२८ बन्दी राखिएको छ ।
उच्च संख्यामा बन्दी राखिएकोले बन्दीहरुलाइ निकै समस्या परेको छ । जेलर
लाल बहादुर खत्रीका अनुसार दुइ बर्षमा निर्माण गर्ने भनिएको भबन तिन बर्ष
सम्म पनि सम्पन्न नहुदा कैदी बन्दीहरुलाइ सकस भएको हो । कारागारमा
कोचाकोच भएपनि पठाइएका बन्दीहरु राख्नुपर्ने बाध्यता भएको जेलर खत्रीले
बताए ।
२०३० सालमा निर्माण भएको कारागारमा बन्दीको क्षमता नथपीए पनि सुर्खेत घर
भएका तर अन्य जिल्लाको कारागारका रहेका बन्दीहरुलाइ पठाउने क्रम भने
रोकीएको छैन । धेरै संङख्यामा भएकोले सुत्न र शौचालय जान समेत समस्या
हुने गरेको एक चौकीदारले बताए । कारागारमा ३ वटा सौचालय छन,शौचालय जानको
लागि लाइन लाग्नुपरेको बन्दीहरुको गुनासो छ । कारागारमा हाल
कर्तब्यज्यानका ५९,जबरजस्तीकरणीका २२,चोरीका ७,लागुऔसत कारेबारका
१७,चेलीबेटी बेचबीखन मा ३,मानब ओसारपसारमा ४,हातहतीयार खरखजनामा ३ ,ज्यान
मार्ने उद्योगमा २,अपहरण तथा शरीर बन्धक मा ६ जना,सवारी ज्यानमा ३
जना,अप्राकृतीक मैथुनमा १ जना बहुबिवाहमा३ र जबरजस्तीकरणी उद्योगमा १
सहीत १२८ कैदी बन्दी छन् । कारागारमा ६८ जना पुरुष र ७ जना महीला सहीत ७५
कैदी र ५३ जना पुर्पक्षका लागी थुनामा राखीएको छ ।
Comments:
No comments:
Post a Comment