Friday, August 17, 2012

सहमति हुनै लाग्दा प्रचण्ड कोट किन्न हिँडेः अध्यक्ष खनाल

१ भदौ, नुवाकोट । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एनेकपा माओवादीका अध्यक्ष प्रचण्ड संविधान घोषणा गर्ने अन्तिम समयमा कोट किन्न जाने बहानामा ३ घण्टा हराएपछि सबै बिग्रिएको बताउनुभएको छ ।
संविधान जारी गर्ने विषयमा अन्तिम सहमति हुँदै गर्दा र २ सय १० बुँदाको छलफल टुङ्गिनै लाग्दै प्रचण्ड अचानक कोट किन्न भनेर हिडेपछि छलफल अगाडी बढ्न नससेको उहाँको भनाई छ । एमाले नुवाकोटको जिल्ला स्तरिय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै खनालले भन्नुभयो- ‘सहमती हुनलाग्दा प्रचण्ड न नयाँ कोट लगाउन मनलाग्यो किन्न जान्छु भनेर पो हिड्नुभयो ।’
खनालले माओवादीकै कारणले देश भयावह बनेको र अझै पनि सुध्रन नसक्ने दावी गर्नुभयो । उहाँले माओवादीलाई सुध्रन र सहमतिको राजनीतिमा सामेल हुन आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य पशुपति चौलागाई र महेन्द्र पाण्डेले पनि देशमा जारी अस्थिरताको मुल कारण माओवादी नै भएको आरोप लगाउनु भएको छ ।

No comments:

Post a Comment