Sunday, August 19, 2012

तारा एयरको जहाज दुर्घटना हुनबाट जोगियो

जहाज आइतबार ठूलो दुर्घटना हुनबाट जोगिएको छ । मुस्ताङको जोमसोम विमानस्थलबाट पोखरातर्फ उड्ने क्रममा धावनमार्गबाट चिप्लिएको सो जहाज चालकको कुशलताका कारण दुर्घटना हुनबाट जोगिएको जहाजका यात्रु रामबाबु बस्ताकोटीले जानकारी दिएका छन् ।
चालक दलसहित करिब १९ जना यात्रु रहेको सो जहाज पोखराका लागि उडान गर्ने क्रममा बिहान करिब सवा ७बजे धावनमार्गबाट कालीगण्डकीतर्फ चिप्लिएको थियो । अहिले नेपाली सेना, प्रहरी र स्थानीयवासीले जहाजलाई तानेर विमानस्थलमा राखेका छन् । जहाज चिप्लिनुको कारण भने खुलेको छैन ।

No comments:

Post a Comment