Sunday, October 7, 2012

'एक, दुई, तीन अब यो सरकार ढल्छ'

२१ असोज, पोखरा ।नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले वर्तमान
प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकार दशैं अगाडि नै ढल्ने
दावी गरेका छन् ।
प्रधानमन्त्री डा. भट्टराई सरकारमा बसिरहने कुनै संवैधानिक, राजनीतिक र
ब्यवहारीक आधार नभएकाले दशैंसम्म पनि यो सरकार टिक्न नसक्ने उनको दावी छ

उनले प्रधानमन्त्री डा. भटराईलाई अव कुनै शक्तिले पनि अडाउन नसक्ने उनको
भनाई थियो । 'एक, दुई, तीन अब यो सरकार ढल्छ ।' महासचिव पोखरेलले भने,
'यसलाई अड्याउन टेको, किलो दिनेहरु सवैमकाई सके, अव कसैले पनि अड्याई रहन
सक्ने आधार छैन ।'
आइतबार पोखरामा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट
कार्यक्रममा बोल्दै महासचिव पोखरेलले वर्तमान सरकार वहिर्गमनका लागि तीन
वटा अधार प्रस्तुत गरेका छन् । पहिलो आँफै एमाओवादीले महसुस गरेर
बहिर्गमन, दोस्रो राष्ट्रपतिले समयसिमा तोकेर नयाँ सरकार गठनका लागि
प्रक्रियाको आरम्भ र तेस्रो जनदवावको आधारबाट विस्थापन ।
उनले आफ्नो पार्टीले तेस्रो विकल्पमा जान प्रारम्भ गरेको समेत धारणा राखे
। वर्तमान एमालेको सडक आन्दोलन लिगबाट बाहिर गएको सहमतिको राजनीतिलाई
सहमतिको लिगमा ल्याउनका लागि भएको उनको भनाई थियो । एमालेको आन्दोलनले
वर्तमान सरकार बहिरगमनका लागि आ"फुले प्रस्तुत गरेका तीन वटै आधारहरुलाई
मजवुद तुल्याउने पोखरेलको धारणा छ ।
नेता पोखरेलले आ"फुहरुले राष्ट्रपतिलाई सक्रिय बनाउने प्रयास नगरेको दावि
गर्दै राष्ट्रपतिले संविधानले दिएकोअभिभावकीय अधिकारको प्रयोग गरुन भन्ने
आफूहरुको अपेक्षा रहेको उल्लेख गरे । काम चलाउको रुपमा रहेको सरकारलाई
हटाउन राष्ट्रपतिले विदा गर्न नयाँ प्रक्रियाको आरम्भ गनुपर्ने उनको भनाई
थियो ।
संविधानसभाको पुन स्थापना गर्न सहमति भए कांग्रेस नेतृत्वको सरकार
स्वीकार गर्ने सर्त एमाओवादीका अध्यक्ष प्रचण्डले कांग्रेस सभापति सुशिल
कोइरालासंग राखेको बाहिर आइरहेका बेला नेता महासचिव पोखरेलले अव एमाले
प्रचण्डको नाटकीय कुराको पछि नलाग्ने टिप्पणी गरे ।
एक अर्को प्रसंगमा पोखरेलले नेकपा एमाले कुनैपनि हालतमा एकल जातीय
पहिचानका आधारमा संघीयतामा नजाने प्रष्ट पारे । उनले केही जनजाती
नेताहरुले अज्ञानताका कारण वा उन्मादका कारण पारित्याग गरेर गलत
गरेकोटिप्पणी गरेका छन् । पार्टी पद्धतिमा बसेर भित्रै कुरा मिलाउन छाडेर
बाहिर बाहिर असहमति राख्ने अनि त्यसैलाई बहानाबाजी गरेर पार्टी छोडेको
कुरा गनु राजनीतिक तरिका नभएको उनको टिप्पणी थियो ।

No comments:

Post a Comment