Monday, October 15, 2012

मुसहर बस्तीमा रात बिताउँदैमा देश बन्दैनः ज्ञवाली

प्रदिप ज्ञवाली ले दहरुबीच सहमति हुन नसके नेपाल असफल राष्ट्र हुने
निश्चित रहेको बताएका छन् । प्रधानमन्त्रीले मुसहर बस्तिमा रात
बिताउँदैमा देशनबन्ने उनको भनाई थियो ।
प्रेस चौतारी पर्वत जिल्ला शाखाको आठौं बाषिर्क साधरण सभाको सोमबार
उद्‍घाटन गर्दै ज्ञवालीले कुर्सीमा को बस्ने भन्दा पनि नैतिकताका आधारमा
ख्याल गर्नु पर्ने बेला आएको बताए ।
ज्ञवालीले अभुतपूर्व र बहुआयमिक संकटमा देश परेको बताउँदै नेपाली
इतिहासमा अहिलेसम्म यस्तो नभएको दावी गरे । उनले नेपाल नराम्रो भूमरीमा
परेकाले अन्तर्राष्ट्रिय शक्तिहरुको 'प्लेग्राउण्ड' बन्दै गएको बताए ।
'देश डुबी सक्यो,' उनले भने ,' प्रधानमन्त्री मुसहर बस्तिमा गएर रात
बिताउँदैमा देश बन्ने हो र ? '
अधिकांश समय देशको वर्तमान अवस्थाबारे बोल्न खर्चिएका नेता ज्ञवालीले
हप्ता र महिना दिनसम्म कामचलाउ सरकार भएपनि एक बर्षसम्म नहुने बताए ।
दलहरुअहिले दुई नदी किनार जस्तो वारीपारी भएको बताउँदै उनले सहमति आवश्यक
रहेको तर्फ सचेत गराए ।
पूर्व पर्यटन मन्त्री समेत रहेका ज्ञवालीले चुनाव जोखिमपूर्ण पाटो भएपनि
जनताका लागि चुनावमा जानु पर्ने सुझाव दिए ।
उनले ६ सय १ को चुनाव नभई दलले भाका नफेरे ३ सय ७६ जनाका लागि चुनाव
गराउनु पर्ने र जसका लागि प्रधामन्त्रीले बाटो खुला गर्नु पर्ने तर्फ
सचेत गराए ।
फरक अर्को प्रसंगमा नेता ज्ञवालीले नेपाल संकटमा पर्दै जानाले परराष्ट्र
सम्बन्ध पनि पहिला भन्दा बिग्रदैं गएको बताए । ' चीन भ्रमणमा जान
प्रधानमन्त्री कस्सिएको ६ महिना भइसक्यो,' उनले भने,''तर उनलाई चीनले
भ्रमणमा अस्विकार गरी रहेको छ ।'
एक दर्जन राष्ट्रले चीनको भ्रमण गरी सकेका भएपनि प्रधानमन्त्री बाबुराम
भट्टराईलाई अस्विकार गरेको र उत्तरी चीनले गंम्भीर रुपमा नेपाललाई
हेरिरहेको उनको भनाइ थियो ।

No comments:

Post a Comment