Wednesday, September 5, 2012

गिनिज बुकमा चढ्यो एक टनको बर्गर

तपाइँले खाने बर्गर कत्रो हुन्छ ? हातमा अट्ने उक्त बर्गरको तौल कति होला
? के तपाइँले एक टन तौलको बर्गरको कल्पना गर्नुभएको छ ? छैन भने अब
तपाइँले कल्पनै गर्न परेन, किनकी विश्वमा एक टन तौल भएको बर्गर निर्माण
भैसकेको छ ।
अमेरिकाको एक क्यासिनोले विश्वकै सबैभन्दा ठूलोचिजबर्गर बनाएर किर्तिमान
कायम गरेको छ । १० फिट ब्यास भएको यो चिजबर्गरको तौल एक टन रहेको छ । यो
चिजबर्गर आइतबार कार्लटनस्थित ब्लायक बियर क्यासिनो रिसोर्टमा
पाहुनाहरुलाई खुवाइयो ।
गिनिज बुक अफ वल्र्ड रेकर्डका प्रतिनिधि फिलिप रोबर्टसनले यो बर्गरलाई
विश्वकै सबैभन्दा ठूलो बर्गरको रुपमा गिनिज बुकमा नाम चढाएको प्रमाणपत्र
प्रदान गरे । उनले यति ठूलो बर्गरको निर्माण हुनु समूह भावनामा काम
गर्नुको परिणाम भएको भन्दै बर्गर निकै स्वादिष्ट रहेको पनि बताए ।
यो किर्तिमानी बर्गरमा २७ किलो मासु, २३ किलो सलाद, २३ किलो प्याज, १८
किलो अचार तथा १८ किलो चीज मिसाइएको छ । यो बर्गरलाई पकाउन झण्डै ४ घण्टा
समयलागेको थियो । यो बर्गरलाई उठाउन क्रेनको सहायता लिनुपरेको थियो ।
स्मरण रहोस् यसभन्दा पहिले विश्वको सबैभन्दा ठूलो बर्गरको तौल ४ सय केजी थियो ।

No comments:

Post a Comment