Monday, September 24, 2012

हनुमान बनेर सूर्य त निल्दैन यो बाँदरले...(फोटोफिचर)

बाँदर रूख-रूखमा उफ्रदै हिड्ने जनावर हो । बाँदरले आफ्नो उफ्राईसँगै
उट्पटयाङमा पनि नाम कमाएको छ । परापूर्वका कालमा हनुमानले सूर्य निलेको
कथा यो रूखमा तथा घरहरूमा पनि उफ्रँदै हिड्ने बाँदरले ताजाबनाइदिएको छ ।
एउटा घरबाट अर्को घरमा उफ्रने क्रममा खिचिएका तलका केही तस्विरहरूले
परापूर्व कालमा बादललाई छिचोल्दै सूर्यलाई निलेको घटनालाई ताजा बनाएको छ

परापूर्वमा भएको घटना भनिने कथा अनुसार हनुमानलाई एक दिन साह्रै भोक
लाग्यो । वरपर हेरे केही देखेनन् र यसो माथी हेर्दा पहेलो सूर्यलाई देखे
र उनी सूर्यसामू पुगे र सूर्यलाई नै निलिदिए । यसले गर्दा तीनै लोकमा
अन्धकार छायो र तीनै लोकमा सनसनी मच्चियो । पछी भगवानहरूले हनुमानसँग
सूर्यलाई छाडिदिने आग्रह गरे । हनुमानले पनि यो आग्रहलाई स्विकार गरेर
सूर्यलाई छाडिदिए र तीनलोक फेरी पहिलेकै अवस्थामा फर्कियो ।
यस्तै, कथालाई बाँदरले गरेको यो चर्तिकलाका कारण फेरी एकपटक ताजा बनाइदिएको छ ।
हेरौ बाँदरका केही तस्विरहरू जहाँ बाँदर एक घरबाट अर्को घरमा पुग्नका
लागी लामो दूरी पार गर्दैछ....

No comments:

Post a Comment