Wednesday, September 26, 2012

पैसा कमाउन साउदी गएकी साबित्री मानसिक सन्तुलन गुमाएर

असोज, साउदी । पैसा कमाउने ठूलो सपना बोकेर साउदी अरब आएकी धनगढी न.पा.
वडा नं. १२ कि साबित्री सिंह आफ्नो मानसिक सन्तुलन गुमाएर घर फर्केकी
छन्र । साउदी मालिकले उनलाई दिएको मानसिक यातनाका कारणा उनले काम गर्न
थालेको डेढ बर्षमै आफ्नो मानसिक सन्तुलन गुमाएकी थिइन ।
उनी बिरामी भएपछि उपचार नै नगरी मालिकले घरबाट निकालिदिएका थिए । विभिन्न
व्यक्तिका सहयोगमा साउदी पुलिस स्टेशन पुगेकी उनलाई पुलिसले नेपाली
राजदूतावासमा बुझाएको थियो ।
सावित्रीलाई स्थानिय दलाल गोपिन मिश्रले बम्बई पुर्याएको र पछि बम्बई
बाटै साउदी आइपुगेकि बतार्इएको छ । उनी नेपालमा २४० बर्ष लगातार शासन
सत्ता चलाउने सिंह (ठकुरी) परिवारकी हुन । डेढ बर्षसम्म साउदीमा मानसिक
यातना सहित कठोर शारीरिक परिश्रम गर्दा पनि यिनिसंग स्वदेश फर्किने हवाई
टिकट किन्न रकम नभएपछि नेपाली दूतावास रियादले एनआरएनए साउदी अरबसंग
सहयोगका लागि अनुरोध गरी नेपाल फर्काएको हो । एनआरएनए साउदी अरबले महिला
उद्धार कोषबाट ६८० साउदी रियालमा यिनको स्वदेश फिर्तिका लागि बहराइन
एअरको टिकट खरिद गरेको थियो । उनी गत शुक्रबार स्वदेश फर्केकी हुन

No comments:

Post a Comment