Friday, August 31, 2012

प्रधानमन्त्री भट्टराई र भारतीय प्रधानमन्त्रीबीच भेटवार्ता

१५ भदौ, तेहरान । प्रधानमन्त्री डा बाबुराम भट्टराई र भारतीय
प्रधानमन्त्रीबीच भेटवार्ता भएको छ । गएराती भएको भेटमा द्विपक्षीय हितका
विषयमा कुराकानी भएको थियो । असंलग्न मुलुकहरुको शिखर सम्मेलनका क्रममा
सम्मेलनस्थलकै लबीमा एक घन्टाभन्दा बढी समय भेटमा नेपालको पछिल्लो
राजनीतिक स्थिति र राजनीतिक दलहरुबीच भइरहेको सहमतिको प्रयासबारे
कुराकानी भएको प्रधानमन्त्री डा भट्टराईले जानकारी दिनुभयो ।
भेटका क्रममा प्रधानमन्त्री डा भट्टराईले भारतबाट नेपाललाई दिने भनिएको
२०० मेगावाट विद्युत् पूर्णरुपमा उपलब्ध गराउन र प्रसारण लाइनको समस्या
भएका स्थानमा प्रसारण लाइनको व्यवस्था गर्ने वातावरण मिलाइदिन आग्रह
गर्नुभएको थियो । सो आग्रहमा भारतीय प्रधानमन्त्री डा मनमोहन सिंहले
तत्काल २०० मेगावाट विद्युत् नेपाललाई उपलब्ध गराउने भन्नेविगतको
सहमतिअनुसार नै उपलब्ध गराइने बताउनुभयो।प्ा्रधानमन्त्री डा भट्टराई र
भारतीय प्रधानमन्त्री डा सिंहबीच 'वान टु वान' भएको भेटमाप्रधानमन्त्री
डा भट्टराईले नेपालको आर्थिक समृद्धिमा सहयोग गर्न र नेपालमा लगानी
बढाउनका लागि नेपालका तर्फबाट आग्रह गर्नुभएको थियो ।
दोहोरो आर्थिक वृद्धिको लक्ष्य हासिल नगर्दासम्म जनताको जीवनस्तर उठ्न
नसक्ने भएकालेयसतर्फ नेपाल सरकार लागेको र त्यसमा सहयोग गर्न भारत
सरकारलाई प्रधानमन्त्री डा भट्टराईले आग्रह गर्नुभएको थियो । यसैगरी
नेपालको जलस्रोत र आर्थिक विकासमा सहयोग गर्न पनि प्रधानमन्त्री डा
भट्टराईले भारतीय प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको थियो ।
भारतीय प्रधानमन्त्रीले नेपालको आग्रहअनुसार नै भारत सरकार नेपाललाई
सहयोग गर्न तयार रहेको र नेपाललाई विशेष सहयोग गर्ने बताउनुभएको थियो ।
नेपाल आफ्नो देशको सहयोगसूचीमा अग्रस्थानमा छ भन्दै भारतीय
प्रधानमन्त्रीले नेपाललाई पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता
जनाउनुभएको थियो। नेपालको पछिल्लो राजनीतिक घटनाक्रमप्रति विशेष चासो
राख्नुभएका भारतीय प्रधानमन्त्री डासिंहले राजनीतिक सङ्कटको समाधान
नेपालका राजनीतिक दलहरुको सहमतिमै निस्कने विश्वास व्यक्त गर्नुभएको थियो
। उहाँको भनाइ थियो -नेपालको वर्तमान राजनीतिक सड्कटको समाधानका लागि
नेपालका राजनीतिक दलहरु नै सक्षम छन्, दलहरुबीचको सहमति नै प्रमुख विषय
हो ।
भेटमा प्रधानमन्त्री डा भट्टराईले दलहरुका बीच सहमतिको प्रयास भइरहेको र
संविधानसभाबाटै संविधान निर्माण गर्नुपर्छ भन्नेमा सबै राजनीतिक दल
प्रतिबद्ध रहेको बताउनुभएको थियो । "हामी सबै दल सहमति निर्माणका क्रममा
छौँ, छलफल र संवाद भइरहेको छ, छिट्टै सहमति कायम गरेर अगाडि बढ्नेमा
दलहरु एकमत रहेको मैले जानकारी गराएँ, उहाँ (भारतीय प्रधानमन्त्री)ले
दलहरु मिलेर अगाडि बढ्नु नै नेपालको हितमा रहेको बताउनुभयो,'
प्रधानमन्त्री डा भट्टराईले जानकारी दिनुभयो । "भेट एकदमै महत्वपूर्ण
रहृयो, वर्तमान सरकारले चालिरहेको कदमप्रति उहाँ-भारतीय प्रधानमन्त्री)ले
खुसी व्यक्त गर्नुभएको थियो ।"प्रधानमन्त्री डा भट्टराईले भन्नुभयो ।
रासस

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete