Wednesday, September 5, 2012

सत्ताका लागि नेकपा-माओवादीले हतियार उठाउने

२० भदौ, काठमाण्डौ । नेकपा-माओवादीले शान्तिपूर्णरुपमा सत्ता प्राप्त नभए
हतियार उठाउने चेतावनी दिएको छ । केन्द्रीय समिति वैठकका निर्णय
सार्वजनिक गर्न वुधवार पार्टी कार्यालय वुद्धनगरमा आयोजना गरीएको पत्रकार
सम्मेलनमा अध्यक्ष मोहन वैद्य किरणले विश्वका हरेक क्रान्ति हतियारवाटै
सफल भएको भन्दै शान्तिपूर्ण रुपमा सत्ता नपाए हतियार उठाउने चेतावनी दिनु
भएको हो ।
वैद्यले धोका र भ्रमको पर्दाफास गर्न सर्वपक्षीय गोलमेच सभा आयोजना
गर्नु पर्ने अवश्यकता रहेको वताउनुभयो । उहाँले त्यस्तो गोलमेच सभाले
वावुराम भट्टराई नेतृत्वको राष्ट्रविरोधी र जनविरोधी सरकारलाई विघटन गरी
देशभक्त गणतन्त्र, वामपन्थी र संघीयतावादी दलहरु सम्मलित सरकार निर्माण
गर्ने वताउनुभयो । उहाँले प्रमुख तीन दल र मधेशी मोर्चाले मुलुकलाई
अधिनायकवाद तर्फ लैजान खोजेको आरोप लगाउनुभयो।
वैद्यले संविधान सभा विघटनकोदोषी पनि प्रमुख तीन दल र मधेसी मोर्चा नै
भएको वताउनुभयो । वैद्यले दक्षिणपन्थी शक्तिको दबाबमा प्रधानमन्त्री डा
वावुराम भट्टराईले संविधानसभा विघटन गराएको दावी गर्नु भयो । पत्रकार
सम्मेलनमा वैद्यले भारतमा सशस्त्र संघर्ष गरिरहेको भारतीय कम्युनिष्ट
पार्टी माओवादीसंग वैचारिक रसैद्धान्तिक सम्बन्ध रहेको खुलासा गर्नु भयो

यस्तै उसले तत्कालीन माओवादीले सशस्त्र संघर्ष थाल्नु अघि डा वावुराम
भट्टराईले तत्कालीन प्रधानमन्त्री शेरवहादुर देउवालाई बुझाएको ४० बुँदे
मागमा थप ३० बुँदा समेटेर ७० बुँदे मागपत्र प्रधानमन्त्री डा वावुराम
भट्टराईलाई बुझाउने भएको छ । वैद्य नेतृत्वको माओवादीले आफ्ना ७० बुँदे
माग कार्यान्वयन गराउन र वर्तमानकामचलाउ सरकारलाई विस्थापान गर्न चरणबद्ध
आन्दोलन गर्ने घोषणा समेत गरेको छ ।

No comments:

Post a Comment