Wednesday, September 5, 2012

पाकेटमारको कमाई ६० लाख !

२० भदौ, काठमाण्डौं । एक पेसेवर पाकेटमारले गरेको कमाइ सुनेर प्रहरीले
जिभ्रो टोकेका छन् । पाँच वर्षदेखि पाकेटमारी गर्दै आएका उनले मासिक औसत
एक लाख रुपियाँ कमाउने गरेका रहेछन् ।
महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेका पेसेवर पाकेटमारको बयान
लिने क्रममा यो भेद खुलेको हो । उनी हुन्, ३४ वर्षीय हरि घले । आफूले
पाँच वर्षभित्रै ६० लाख रुपियाँ कमाएको तर सबै रकम क्यासिनोमा जुवा खेलेर
सिध्याएको उनले बयान दिएका छन् ।
'सबै पैसा मोजमस्तीमै सकियो,' महाशाखाका डिएसपी हृदय थापाले घलेलाई
उद्धृत गर्दै भने, 'क्यासिनोमा जुवा खेलेँ, तरुनी घुमाएँ, खुब मस्ती गरेँ
।' गत १३ भदौमा तिलगंगाबाट सार्वजनिक बसमा पाकेट मार्दामार्दै उनी पक्राउ
परेका हुन् । सिन्धुपाल्चोक चौतार–८ का स्थाइ बासिन्दा हुन् घले । पाकेट
मार्ने उनको आफ्नै समूह रहेछ ।
प्रहरीका अनुसार घलेको समूहमा गोरखा भिरकोटका राम लामा, तेह्रथुमका
विष्णु लिम्बू, धादिङका अर्जुन श्रेष्ठ, साँखुका राम कार्की र
सिन्धुपाल्चोकका सञ्जीव लामा काम गर्छन् । समूहको नेतृत्व उनी आपैँm
गर्छन् । पाकेट मार्ने निश्चित क्षेत्र रहेछन् उनीहरूका । प्रहरीका
अनुसार उनीहरू सार्वजनिक यातायातका साधनमा मात्रै पाकेट मार्छन्,
त्यसमध्ये पनि नेपाल यातायात र मध्यउपत्यकाका बसमा चढ्ने यात्रु उनीहरूका
खास 'ग्राहक' हुन् । महाशाखाका डिएसपी थापाले भने, 'उनीहरू यात्रु भरिएको
बसमा चढ्छन्, यात्रुलाई धक्का दिएजस्तो गर्छन्, यात्रुको ध्यान धक्का
दिनेतर्फ मोडिन्छ, अर्कोले पाकेट मारेर टाप कस्छ ।'
प्रहरीका अनुसार पाँच वर्षको अवधिमा घलेविरुद्धपाकेटमारीका २० भन्दा बढी
उजुरी विभिन्न स्थानमा परेका छन् । तीनपटक महाशाखाबाटै खटिएका प्रहरी
टोलीले उनलाई पक्राउ गरेको रेकर्ड छ । समूहका नाइके घलेका एक श्रीमती र
तीन छोरी छन् । उनीहरू सबै गाउँमै बस्छन् । घले भने अहिले समूहकै उपनाइके
राम लामासँगै कोठा लिई क्षेत्रपाटीमा बस्छन् । प्रहरीका अनुसार पाकेट
मार्ने योजना, लोकेसनको छनोट सबै त्यही कोठामा हुने गरेको सौर्य दैनिकमा
खबर छ ।
पेसेवर पाकेटमार बन्नुभन्दा पहिले घले ट्याक्सीचालक थिए । ट्याक्सी
चलाउने क्रममा सिन्धुपाल्चोककै हवल्दार तामाङ नामका एक नामुद पाकेटमारसँग
उनको भेट भयो । हवल्दार पनि आफ्नै समूह बनाएर पाकेट मार्थे । त्यही
समूहमा रहेर उनले करिब दुई वर्ष पाकेट मार्ने काम गरे । हवल्दारबाटै उनले
पाकेटमारका सबै 'ट्रिक' त्यही समूहमा सिके । हवल्दारसँग झगडा भएपछि उनले
आफ्नै समूह बनाए । विगत पाँच वर्षदेखि उनी त्यही समूहको नेतृत्व गर्दै
छन् ।
प्रहरीका अनुसार समूहका सदस्यले पनि केही वर्षभित्र १० देखि १५ लाख
रुपियाँ कमाएको बयान दिएका छन् । बयानका क्रममा उनीहरूले पनि कमाएको सबै
पैसा क्यासिनो जाने र तरुनीसँग मोजमस्ती गर्दै सकिएको दाबी गर

No comments:

Post a Comment