Saturday, September 8, 2012

माओवादी नेताले पछि जोडेको सम्पत्ति जफत हुने

२३ भदौ, काठमाण्डौं । एकीकृत नेकपा माओवादीले आफ्ना नेताहरुको पैतृक सम्पत्तिबाहेक सबै चलअचलसम्पत्ति जफत गर्ने तयारी गरेको छ । माओवादीले १० बर्षे सशस्त्र युद्धको अवधि र शान्तिप्रक्रियामा आएपछि पदीय हैसियत दुरुपयोग गरी आर्जन गरेको सवै सम्पत्ति पार्टीकरण गर्न लागेको हो । पार्टी नेताको सम्पत्ति छानविन गर्न गठित तीन सदस्यीय कार्यदलले पैतृक सम्पत्तिबाहेकका सवै जफत गर्न सिफारिस गर्न लागेको खबर नेपाल समाचारपत्र दैनिकमा छ ।
आयोगका एक सदस्यका अनुसार २०५२ साल फागुन १ यता हालसम्म आफ्नो वा नातेदारका नाममा घरजग्गा या गाडी जोडेको पाइएमा त्यस्ता नेताको सम्पत्ति जफत गरी निलम्बन गर्न समेत सिफारिस हुनेछ । ‘२०५२ फागुन १ देखि अहिलेसम्म कुनै पनि नेताले आफु, श्रीमती, छोराछोरी, दाजुभाई, वा ससुरालीका नाममा गाडी र घरजग्गाजस्ता सम्पत्ति जोडेको पाइएमा जफत हुनेछ र उसलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिनेछ’, ती सदस्यले भने ।

No comments:

Post a Comment