Wednesday, September 26, 2012

ज्ञानेन्द्रका सुरक्षाकर्मी खनिए पत्रकारमाथी, कुटिए पत्रकार

१० असोज, काठमाडौ । पूर्वराजाको औपचारिक धार्मिक भ्रमणको अन्तिम दिन
मंगलबार पत्रकारमाथी हातपात गरिएको छ । पोखराको बिन्ध्याबासीनी मन्दिरको
दर्शनको क्रममा पूर्वराजाको सुरक्षामा खटिएकासुरक्षाकर्मीले फोटो पत्रकार
उमेश पुन हातपात गरेका हुन् ।
यता आफ्नो भ्रमणको समाचारलाई निकै प्राथमिकता दिएर समाचार प्रकाशन
प्रसारण गरेको भन्दै सोमबार पत्रकारप्रति कृतज्ञताप्रकट गरेका
ज्ञानेन्द्रका सुरक्षाकर्मीले भने पत्रकार माथी नै हातपात गरेका छन् ।
समाचारका लागी फोटो खिच्न पुगेका उमेश पुनलाई फोटो नखिच्न भन्दै हातपात
गरेको बुझिएको छ । यसरी एकतिर कृतज्ञता प्रकट गर्ने र अर्कोतिर समाचार
संकलन गर्न गएका पत्रकारमाथी नै कुटपिट गरेका छन् ।

No comments:

Post a Comment