Friday, September 7, 2012

गर्भवतीबीच भुँडी देखाउन तछाडमछाड (फोटोफिचर र भिडियो सहित)

गर्भवती भएपछि जिउ ढाक्ने ग्वाम्लाङ्ङ ठूला लुगा लगाउनु पर्छ, छरितो लुगा
लगाएमा त लाजमर्नु नै हुन्छ भन्ने मान्यता छ हामीकहाँ । गर्भवती महिलाले
आफ्नो बढेको पेट दुनियाले देख्लान् की भनेर पछ्यौरीले भएपनि लुकाउने
प्रयास गर्छन् । तर लुकाउँदैमा कहाँ पो लुक्थ्यो र बढेको पेट ? गर्भवतीले
टू पिस लगाउने कुराको त हामीले कल्पना पनि गर्न क्दैनौँ । तर आखिर
गर्भवती हुनु भनेको त गर्वको विषय पो हो त । किन यसरी लजाउनु पर्यो ?
गर्भवती हुँदैमा महिलाको सुन्दरता कहाँ घट्छ र ? यदि खानपान तथा
व्यायाममा ध्यान दिने हो भने त सुन्दरतामा झनै निखार पो आउँछ । तर भनेर
भएन । हामीकहाँ चलनै यस्तै छ ।
हाम्रो समाजमा गर्भवतीले भुँडी लुकाउने संस्काररहेपनि हालै अमेरिकामा भने
गर्भवतीहरुबीच भुँडीदेखाउने प्रतियोगिता नै भएको छ । गर्भवती भएपछि
सुन्दरता गुम्छ भन्ने सोँच्नेहरुलाई चक्मा दिँदै अमेरिकाको हस्टनमा
गर्भवतीहरुको बिकिनी प्रतियोगिता नै आयोजना गरिएको छ ।
प्रतियोगितामा गर्भ छिप्पिइसकेका १५ जना गर्भवती महिलाहरु बिकिनी लगाएर
स्पर्धामा उत्रिए र बच्चा हुर्किरहेको बडेमाको भुँडी मज्जाले प्रदर्शन
गरे । मातृत्व भनेको गर्वको विषय हो कुण्ठाको विषय होइन, गर्भवती महिला त
झनै सुन्दर बन्छन् भन्ने कुरा देखाउन गर्भवतीहरुको बिकिनी प्रतियोगिता
आयोजना गरिएको बताइन्छ ।
गर्भवती बिकिनी सुन्दरी प्रतियोगितामा ३२ हप्ताको गर्भ लिएर आएकी जेनिफर
क्ले नामकी महिला विजेता चुनिइन् । उक्त प्रतियोगितामा केवल बिकिनी
लगाउने काम मात्र थिएन, आमा बनिसकेपछि बच्चाको हेरचाह गर्ने कला पनि
जाँचिएको थियो । कति छिटो बच्चालाई डाइपर लगाइदिने ? परिवारलाई कसरी खुसी
राख्ने जस्ता कला पनि जाँचियो ।...more video and photo ..._
http://onlinekhabar.com/2012/09/198181.html

No comments:

Post a Comment