Wednesday, September 26, 2012

विहे गरेको ५ महिना पछि फरार

१० असोज, बाँके । विहे गरेको ५ महिना पछि बाँकेमा एक जना युवक फरार भएका
छन् । वनकटुवा ८ निवासी अध्या चौधरी विहे गरेको ५ महिना पछि एका एक फरार
भएका छन् । काम गर्ने शिल शिलामा नौवस्ता ४ उत्तरलधौरा निवासी विना
परियारसाग प्रेम बसेपछि ५ महिना अघि प्रेम विवाह भएको थियो ।
विहे भएको ५ महिना पछि अहिले श्रीमान आफुलाई छोडि फरार भएको पिडित
परियारले रेडियो कोहलपुर एफ एमसाग गुनासो गरेकी हुन् । आफु दलितको छोरी
भएकै कारण पटक पटक सासुले घरबाट निस्कन दबाब दिएपनि आफु घरमै बसेका कारण
छोरालाइृ नै घरबाट सासुले भगाएको उनले बताएकी छिन् । ३ दिन सम्म पनि
श्रीमान घर नआएपछि घरपरिवारले आफुलाई कुटपिट गरि घरबाट निकालेको उनले
बताएकी छिन् ।
दलित भएकै कारण यो भन्दा पहिले पनि आफुलाई सासुले कुटपिट गर्ने गरेकोले
सासुले नै श्रीमानलाई भगाएको उनको भनाई छ । न्याय पाउनका लागि पिडित
परियारले असथायि प्रहरी पोष्ट नौवस्ता वनकटुवामा लिखित उजुरी समेत दिएको
प्रहरी सहायक निरीक्षक विश्वजित गौतमले बताउनुभयो । फरार चौधरीको
खोजीकार्य जारी रहेको गौतमले जनाएको छ ।

No comments:

Post a Comment