Wednesday, September 26, 2012

भोलिबाट भारतीय गाडी चल्न नदिने माओवादी घोषणा

असोज, काठमाडौं । नेकपा-माओवादीले बिहीबारबाट देशभर भारतीय नम्बर प्लेटका
गाडीहरु चल्न नदिने घोषणा गरेको छ ।
माओवादी प्रवक्ता पम्फा भुसालले बुधबार विज्ञप्ती जारी भोलिबाट देशभर
भारतीय गाडी र हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय भएको जानकारी
दिनु भएको छ । विज्ञप्तीमा भनिएको छ-'राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको
विकास, नेपाली नागरिकको रोजगारीको संरक्षण, नेपाली लगानीको सदुपयोग र
भारतमा नेपाली यातायात संचालनमा रोकले पैदा गरेको असमानतालाई ध्यानमा
दिँदै हाम्रो पार्टीले असोज १ गतेदेखि नेपालभित्र भारतीय नम्बर प्लेटका
गाडीहरु चल्न नदिने निर्णय गरेको छ ।' नेपाल भित्र्याइएका यातायातका
साधानहरुलाई भारत र्फकन भने अवरोध नगरिने माओवादीले प्रष्ट पारेको छ ।
हिन्दी चलचित्रले नेपाल र नेपालीप्रति अपमान गर्ने, पजतृष्णा जगाउने र
अश्लिल तथा सांस्कृतिक विकृति फैलाएको माओवादीको आरोप छ ।

No comments:

Post a Comment