Monday, September 24, 2012

७ सय नेपाली आन्दोलित

क्वालालम्पुर (मलेसिया), आश्विन ८ - विभिन्न बाहनामा पैसा काट्ने र
अनाहकमा दुःख दिएको विरोधमा मलेसियाको एक कम्पनीमा कार्यरत करिब ७ सय
नेपाली कामदार आन्दोलित छन् । सेलाङगरको मेरुमा रहेको माक्स्टर ग्लोब
म्यानुफ्याक्चरिङ कम्पनीले ज्यादती गरेको भन्दै बिहीबारदेखि उनीहरूले काम
ठप्प पारेका छन् ।
होस्टलमै खाना खानुपर्ने, नखाएमा वा बाहिर खाएमा कम्पनीले 'जरिवाना' को
नाममा प्रतिव्यक्ति ५ सयदेखि १ हजार रिंगेटसम्म असुलेर आफूहरूलाई शोषण
गर्ने गरेको पीडितहरूले कान्तिपुरसित गुनासो गरे । 'होस्टलमा हामीलाई
अमिल्दो र कमसल खालको खाना दिइन्छ, त्यही पनि जोखेर ७ सय ग्राम मात्र ।
बाहिर खाएमा जबर्जस्ती जरिवाना तिर्नुपर्दछ ।' पीडितमध्येका एक फोक्सिला
९ उदयपुरका राजकुमार कुँवरले आइतबार भने, 'खानाको मासिक १ सय ८० रिंगेट
काट््छ । होस्टल पनि अव्यवस्थित छ । होस्टलमा नखाँदा७१ जनाको
प्रतिव्यक्ति ५ रिंगेटदेखि २५ सय रिंगेटसम्म काटेको रसिद हामीसँग छ ।
कतिपय साथीहरूको फोनसमेत कब्जामा राखिएको छ । हामीमाथि शोषण भएको छ ।'
पीडितका अनुसार लामो समयदेखि भएको कम्पनीको सो रवैयाविरुद्ध बोल्नेलाई
जबर्जस्ती बन्धक बनाएर वा मेडिकल फेल गराएर घर फर्काउनेसमेत गरिएको छ ।
'केही महिनाअघि एक जना बंगाली साथीलाई कम्पनीविरुद्ध बोलेको भन्दै कुटेर
१५ दिन अफिसमै थुनेर घर फर्काइयो,' नाम उल्लेख नगर्ने सर्तमा एक पीडितले
भने, 'बोल्यो भने हामीलाई पनि त्यसै गर्नसक्छ । कमाइ जति जरिवाना
तिर्दैमा ठिक्क छ । धन कमाउने त कुरै नगरौं, बाँच्नै गाह्रो भएको छ ।'
बंगलादेशी कामदारबारे सो घटनापछि त्यहाँ कार्यरत नेपाली मिडियासित
बोल्नसमेत डराउँछन् । आइतबार घटनाबारे जानकारी लिन खोज्दा कतिपय पीडित
बोल्नै मानेनन् ।
ललितपुरस्थित लक्की हयुमन रिसोर्स सोलुसन प्रालिलगायत म्यानपावर
कम्पनीमार्फत आएका उनीहरूले यसबारे पटक-पटक यहाँस्थित नेपाली दूतावासमा
सम्पर्क गर्दासमेत सहयोग नगरेकामा उनीहरूले आक्रोश पोखे । 'धेरै समयदेखि
पीडित भएका छौं भनेर हामीले धेरै पटक दूतावासमा भन्यौं तर वास्ता भएन,'
एक पीडितले भने । कम्पनीपक्षसितको मिलेमतोका कारण दूतावासले आफ्नो समस्या
समाधानमा ढिलाइ गरेको पीडितहरूको आरोप छ ।
जबर्जस्ती विभिन्न बहानामा असुलिएको रकम फोन फिर्ता पाउनुपर्ने र खाना
खाने स्वस्तन्त्रता दिनुपर्ने, होस्टलसमेत व्यवस्थित हुनुपर्नेलगायत माग
पीडितको छ । उनीहरूमध्ये अधिकांश असुलिएको रकम फिर्ता पाएपछि घर र्फकने
सोचाइमा छन् । 'यहाँ बसे पनि फेरि उही समस्या दोहोरिन्छ, बरु जसरी हुन्छ
घर र्फकने सोचाइमा छौं,' पीडित कुँवरले भने ।
उनका अनुसार आन्दोलित कामदार, दूतावास र कम्पनीपक्षबीच थप छलफल हुनेछ ।
कामदारलाई अनुशासनमा राख्न नियमानुसार 'जरिवाना' लिएको कम्पनीको दाबी छ ।
'होस्टल बाहिर खाना खान जाँदा बाटो काट्नुपर्ने, समय धेरै लाग्ने हुादा
सुरक्षा र समय बचत गर्न भित्रै खानाको व्यवस्था गरेका हौं । कम्पनीभित्रै
चुरोट खानेलाई अनुशासित बनाउन 'जरिवाना' लिएका हौं ।' कम्पनीपक्षको भनाइ
उद्धृत गर्दै ढकालले भने । उनले समस्या समाधानका लागि थप छलफल हुने बताए
। सो कम्पनीमा यसअघि पनि कामदारहरूलेपटक-पटक काम बहिष्कार गर्दै आएका थिए
। ग्लोब उत्पादन हुने सो कम्पनीमा करिब ७ सय नेपाली र २ सय बंगलादेशी
कामदार कार्यरत छन्।

No comments:

Post a Comment