Wednesday, September 26, 2012

तीन युवा मिलेर २ छात्राको सामूहिक बलात्कार

१० असोज, एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा तीन जना युवाले
विश्वविद्यालयमा पढ्ने दुई युवतीको सामुहिक बलात्कार गरेका छन् ।
बलात्कारमा संलग्न दुई सहित तीन जना युवकलाई प्रहरीले पक्राउ गरी कारबाही
प्रक्रिया अगाडि बढाएको छ । बलात्कारमा संलग्न दुई युवा विक्रम र सुनिल
हुन् भने बलात्कारमा उनीहरूलाई देवेन्द्र नामका अर्का युवकले सहयोग गरेका
थिए ।
प्रहरी अधीकारीहरूका अनुसार यो घटना गत मंगलबारको हो । पिडित छात्राहरू
अदिती कलेजमा बिए प्रथम वर्षमा पढिरहेका थिए । ती युवाहरु छात्राहरूकै घर
नजिक बस्ने युवाहरू भएको प्रहरीले जनाएको छ । ती युवाले ती छात्राहरूसँग
पहिले देखी नै कुराकानी ग्रने गरेको बताइएको छ । दुई युवाले ती छात्रालाई
गत मंगलबार फोन गरेर बोलाए र चारजना कंझावला रोडमा रहेको देवेन्द्रको
मोटर ग्यारेजमा गए । त्यहाँ युवाहरुले ती छात्राहरूलाई नशालु पदार्थ
मिसाएर चिसो पिलाए र बलात्कार गरे ।
त्यसपछी ती युवाहरूले यो कुरा कसैलाई नभन्न भन्दै धम्की दिएर छात्राहरुको
घरनजिकै छोडिदिए ।
घर पुगेपछि ती दुवै छात्राले आफूमाथी भएको दुर्व्यवहार बारे घरपरिवारका
सदस्यलाई जानकारी दिए र प्रहरीमा रिपोर्ट गरे । छात्राहरूको मेडिकल
रिपोर्ट पछी प्रहरीले कारवाही थालेको छ ।

No comments:

Post a Comment