Friday, August 17, 2012

आइएमईको बिमानस्थल काउन्टरमा रात्रीकालीन सेवा

१ भदौ, काठमाण्डौ । बैकिङ्ग च्यानलबाट रेमिट्यान्स भित्र्याउन नेपाल राष्ट्र बैङ्कबाट ईजाजतप्राप्त ज्येष्ठ रेमिट्यान्स सेवाप्रदायक कम्पनी ईन्टरनेशनल मनि एक्सप्रेस (आई.एम.ई.) प्रा.लि.ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको रेमिट्यान्स काउण्टरबाट रात्रीकालीन सेवा सुचारु गर्ने भएको छ ।
बिहान ६ बजेदेखि राती ११ बजेसम्म सुचारु रहने उक्त काउण्टरबाट सेवाग्राहीहरुले विदेशी मुद्रा सटही, ट्राभलर्स चेक खरिद बिक्री र विदेशबाट पठाएको रकम पाउन र देशभर पठाउन सक्नेछन् । सेवाग्राहीको बढ्दो संख्या तथा आवश्यकतालाई मध्यनजर गर्दै सेवा समयालाई बढाइएको हो । यसबाट सेवाग्राही विशेष गरी विमानस्थलमा विदेश जान उपस्थित हुने र विदेशबाट फर्केका नेपाली र विदेशी पर्यटकलाईर् थप सुविधा हुने छ ।
आफनो स्थापनाकाल देखिनै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउनप्रतिबद्व यो कम्पनीले सेवा सुभारम्भको एकदशकमा नेपालका प्रमुख शहर तथा शहरोन्मुख ग्रामिण क्षेत्र समेतलाई समेट्ने गरी७५ जिल्लाका २००० भन्दा बढी शाखा/सवएजेन्ट र बैङ्क तथा वित्तिय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरुले दुखगरि कमाएको रकम छिटो, छरितो र सुरक्षिततवरबाट वितरण गर्दै आईरहेको छ ।
भरपर्दो तथा स्तरिय सेवालाई प्रमुखआधार बनाएर मलेशिया, दुबई, साउदी अरेविया, कतार, बहराईन, बेलायत, ईजरायल, ब्रुनाई, सिंगापुर, ओमान, जापान, अष्ट्रेलिया, कुबेत र भरखर मात्र भारत लगायतका विश्वका विभिन्न मुलुकबाट आफनो सेवा संचालनमा ल्याएको छ ।

No comments:

Post a Comment