Wednesday, August 22, 2012

प्रचण्डको कुरा अबोध बालकको जस्तो : थापा

६ भदौ, काठमाण्डौ । राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले २० वर्षसम्म वर्तमान सरकार नै रहन्छ भन्ने एकीकृत माओवादीकाअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाईलाई अबोध बालकको संज्ञा दिनु भएको छ । प्रचण्डले एक ठाउँमा एउटा कुरा गर्छन् अर्को ठाउँमा कुरा फेरि हाल्छन् त्यसैले उनको कुरामा कुनै तुक नै छैन्, थापाले भन्नुभयो । थापाले प्रचण्ड चर्चा गर्न लायकको ब्यक्तित्व नै नभएको टिप्पणी समेत गर्नु भयो ।
थापाले भन्नुभयो,’उट्पट्याङ कुरा गर्दै हिड्ने अवोध बालकले जस्तो कुरा प्रचण्डजीले गर्नु हुन्छ । उहाँ चर्चा गर्न लायककै व्यक्तित्व नै होइन ।’ आफ्नै निवासमा पत्रकारहरुसंग कुराकानी गर्दै थापाले एकीकृत माओवादी अधिनायकबादबाट उम्रेको तर अहिले बाध्यताबस लोकतन्त्रको अभ्यासगर्नु परेकोले पनि आफै रणभुल्लमा फसेर मुलुकमा समस्या ल्याएको वताउनुभयो ।
उहाँले छिट्टै दलहरुवीच सहमति बन्न नसके मुलुकको राजनीतिमा भयंकर विष्फोट हुने चेतावनी दिनुभयो । थापाले लामो समयसम्म मुलुक यथास्थितिमा रहनै नसक्ने ठाकुवा गर्दै छिट्टै सहमति बन्न नसक्ने मुलुकले नयाँ नेचुरल कोर्स लिन बताउनुभयो । उहाँले भन्नुभयो,’खोलालाई थुनेर छिट्टै नहर बनाएर पानीलाई निकास नदिने हो भने त्यसले बाध भत्काएर आफ्नो बाटो आफै लिन्छ त्यसैगरी नेपालको राजनीति पनि अब यस्तै चल्दैन । यसले पनि नेचुरल कोर्स लिन्छ । त्यस्तो अवस्थामा मुलुकमा अकल्पनीय क्षति हुन्छ । ‘
कस्तो कोर्स भन्ने पत्रकारको जिज्ञासमा अध्यक्षथापाले आफूले त्यसको स्पष्ट रुप देखेको भए पनि देश र जनताको हितको लागि आफूले त्यस्तो भन्न नमिल्ने स्पष्ट पार्नु भयो । उहाँले गतिरोध अन्त्यमा राष्ट्रपतिको भूमिका परिस्थितिले टुङगो लगाउने भन्दै राष्ट्रपति चुप लागेर बस्ने अवस्था नरहेको बताउनुभयो । नेताहरुले ब्यक्तिगतर दलगत स्वार्थलाई अगाडि राखेर सहमति खोजेकोले सहमति कायम हुन नसकेको भन्दै केही समयको लागि राष्ट्रिय स्वार्थलाई मात्र अगाडि राख्ने हो भने मुलुकले निकास पाउने उहाँले ठोकुवा गर्नुभयो । सहमतिको कुनै पनि विकल्प नरहेको स्पष्ट पार्दै थापाले अहिलेसम्म सहमतिको बाधक नेताहरु नै रहँदै आएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो,’ सहमतिको अर्थ नेताहरुले नबुझेको भए पो अरुले सहयोग गर्ने बुझेकोले बुझपचाएपछि कसले के गर्ने ?’
उहाँले नेपाली नेताहरुमा सहमति गरेर मुलुकलाई निकास दिने क्षमता भए पनि बाहिर नेताहरु क्षमताहिन छन भन्ने चर्चा सुरु हुन थालेको भन्दै त्यसतर्फ सावधान हुन शिर्ष नेताहरुलाई सचेत पार्नु भयो । उहाँले मुलुकका अधिकांश संबैधानिक निकायहरु रिक्त हुँदै गएको अवस्थामा एकले अर्कोलाई आरोप लगाएरमात्र अगाडि बढ्न खोज्ने होभने मुलुकमा कसैले पनि नसोचेको अवस्था पैदा हुने चेतावनी दिनुभयो ।
नेपाल सञ्चालनकेा साचो अन्यत्रै छ भन्ने प्रधानमन्त्रीको अभिब्यक्तिप्रति कटाक्ष गर्दै थापाले भन्नुभयो,’ नेपाल सञ्चालनको साँचो नेपालमै मैले देखेको छु । प्रधानमन्त्रीले बाहिर देख्नु भएको छ भने मागेर ल्याए भई हाल्छ नि । ‘ नेपालको हितको लागि भारत, चिन, अमेरिका बेलायत सहित सबै शक्ति राष्ट्रको सहयोग आवश्यक रहेको भन्दै थापाले नेपालमा सिक्किमको भुत हटाएर त्यस्तो कल्पना नगर्न आग्रह गर्नु भयो ।

No comments:

Post a Comment