१९ असोज, सोलुखुम्बु । सिनेमा हल सञ्चालकसँग दशैका लागी खसी माग्ने
किञ्जा प्रहरी चौकी भकाञ्जे सोलुखुम्बुका प्रहरी नायब निरीक्षक लवकुमार
केसीले सार्वजनिक रुपमा माफी मागेका छन् । स्थानीय सनराइज हलका सञ्चालक
ङवाङ दोर्जी शेर्पाले खसी नदिएपछि चौकी इन्चार्ज केसीले उनलाई कुटपिटसमेत
गरेका थिए । स्थानीयवासीले त्यसको विरोध गरेपछि केसीले सार्वजनिक रुपमा
माफी माग्दै हल सञ्चालकलाई रु एक हजार जरिवानासमेत तिरेका छन् ।
घाइते शेर्पाको उपचारका लागि उनलाई उक्त रकम तिराइएको हो । खसी मागसँगै
केसीले प्रहरी चौकीमा भएको डिसहोम र मोबाइलमा ब्यालेन्स रकम हाल्नसमेत
माग गरेका थिए । प्रहरी नायब निरीक्षक केसीले सार्वजनिक भेलामा आफूबाट
गल्ती भएको स्वीकार्दै आइन्दा यस्तो काम नगर्ने भनी सबैसँग माफी मागेका
हुन् । केसीका बारेमा थप छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको
छ । रासस
Comments:
No comments:
Post a Comment