२२ साउन, काठमाण्डौं । विगत दुई दिनदेखि परेको अविरल बर्षाका कारण बर्दियाका २ सय घर डुबानमा परेका छन् ।
पानी पर्ने क्रम नरोकिएपछि कर्णालीनदी र गेरुवानदीले घेरिएको भौराटप्पु क्षेत्रको भिम्मापुरा गाविस, दौलतपुर गाविसको गुप्तीपुर गाउँ, राजापुर गाविसको राजापुर बस्ती, गुलरिया नगरपालिकाको गुलरिया र आशापुर, महम्मपुर गाविसको लालपुर र दुधता गाउँका घर डुबानमा परेका हुन् । घर डुबानमा पर्दा स्थानियबासीको बिचल्ली भएको छ । डुबानमा परेका घरको निरीक्षण दैवीप्रकोप उद्धार समितिले गरेको छ ।
यसअघिको उच्च सतर्कताले काम गरेको कारणले मानवीय क्षति चाहिँ नभएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताउनुभयो ।
No comments:
Post a Comment