रमेश खतिवडा, दोलखा, साउन २२ - दोलखाको भिरकोट गाविसमा गएराति पहिरो जाँदा दुई विद्यालय र ६ घर पुरिएका छन्। पहिरोमा परी नारायण उच्च माविका दुई भवन र एक प्राविसमेत पुरिएको छ। पहिरोले नयाँ पुल-मन्थली सडक पूर्णरुपमा बन्द गराएको छ। १२ भन्दा बढी स्थानमा सडक पुरिएको छ।
पहिरो लाग्न लागेको पूर्व सूचना भएकाले मानवीय क्षति भने भएको छैन। पहिरो गएको क्षेत्रमा प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, प्रहरी प्रमुख उमेशराज जोशीसहितको टोली पुगेको छ।
No comments:
Post a Comment