Thursday, August 2, 2012

पर्शुरामले दिए डीआइजीलाई खुला चुनौती

- युवा संघ केन्द्रीय सदस्य पर्शुराम बस्नेतको नेतृत्वमा विराटनगरमा आधा घन्टा सडक ठप्प पारिएको छ। विरोधसभालाई सम्बोधन गर्दै पर्शुरामले 'आफूले चाहे देशै ठप्प पार्ने' चेतावनी दिए। युवा संगठनलाई तहसनहस पारेको भाषण गरी हिँडेको भन्दै उनले डीआइजी शाहलाई 'सच्चिन' खुला चुनौती दिए।
सरकारविरोधी आन्दोलनको नेतृत्व गर्दै उत्रेको पर्शुराम समूहले प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा माग्दै सडक नियन्त्रणमा लिएका हुन्।
पर्शुरामले सडक नियन्त्रण लिँदा प्रहरीले भने सहयोग गरेको थियो। विराटनगरको महेन्द्र चोकमा विरोधमा उत्रेको पर्शुराम समूहले मानवअधिकार सम्बद्व संस्था, अस्पताल, रिक्सा र साइकलसमेत चल्न दिएनन्। महावीर चोक, घाँस चोक, महेन्द्र चोकमा बसेका पर्शुराम समर्थकले मोटरसाइकलबाट चाबी समेत थुतेका थिए।
'हिजोका निरंकुश शाहीहरू नै भए पनि तपाइँ लोकतान्त्रिक मुलुकको कर्मचारी भएको हुनाले लोकतन्त्रको अभ्यास गर्न अनुरोध गर्छु,' पर्शुरामले भने। 'डीआइजी साब तपाइँलाई सच्चिन म सुझाव दिन्छु,' पर्शुरामले भने, 'छ/छ जना भ्रष्ट आइजी भएको तपाइँको संगठनजस्तो युवा संघ नेपाल होइन।'

No comments:

Post a Comment