१८ साउन, काठमाण्डौ । राजा त्रिभुवनले नेपाललाई भारतमा बुझाउन प्रस्ताव गरेका थिए भन्ने भारतीय प्राध्यापक एसडी मुनीविरुद्ध राप्रपा नेपालका कार्यकर्ताले नाराबाजी गरेका छन् ।
मुनीले नेपालको सार्वभौमसत्ता र अखण्डतामा आँच आउने अभिब्यक्ति दिएको भन्दै कमल थापाका कार्यकर्ताहरुले लैनचौरस्थित दूतावासअघि नाराबाजी गरेका थिए । उनीहरुले नाराबाजी गर्दै दूतावासमा ज्ञापनपत्र बुझाउन खोजेका थिए । तर सुरक्षाकर्मीले नाराबाजी गर्दै दूतावास छिर्न नपाइने भन्दै अबरोध गरेपछि उनीहरु ज्ञापनपत्र नबुझाई फर्केका थिए ।
आफ्नो पुस्तक बिमोचनका लागि नेपाल आएका मुनीले दुई दिनअघि काठमाण्डौंमा राजा त्रिभुवनले नेपाललाई भारतमा बुझाउने प्रस्ताव गरेको अभिब्यक्ति दिएका थिए । त्यसको प्रमाण आफुसँग नभएपनिप्राप्त भएपछि सार्वजनिक गर्ने मुनीको भनाई थियो । उनले लेखेको पुस्तकमा माओवादी र भारतवीच कसरी सम्बन्ध विस्तार भयो भन्ने रोचक तथ्यहरु समावेश गरिएका छन् ।
No comments:
Post a Comment