Wednesday, August 1, 2012

युनिटीको फरार 'ठूलो माछा' प्रहरी फन्दामा

परिचय गोप्य, ४ बजे सार्वजनिक गरिँदै-
केपी ढुंगाना, काठमाडौँ, साउन १७- गैरकानूनी गतिविधि गरेर चार अर्ब रकम ठगी गरेको अभियोगमा प्रहरीले मोस्ट वान्टेड सूचिमा राखेर खोज्दै गरेका युनिटी लाइफ इन्टरनेशनलका सञ्चालकहरुमध्ये एक उच्च व्यक्ति प्रहरीको फन्दामा परेको प्रहरी स्रोतले जनाएको छ। उनको परिचय भने खुलाइएको छैन। महानगरीय प्रहरी परिसर ललितपुरले अहिले अपराह्न ४ बजे पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
नेपाल प्रहरीले युनिटीका चार सञ्चालक प्रसाद भनेर चिनिने अध्यक्ष काशीराम गुरुङ, प्रबन्ध निर्देशक विष्णुबहादुर क्षेत्री अर्थ निर्देशक कृष्णबहादुर क्षेत्री र महेन्द्र केसीलाई बि ना इजाजत बैंक तथा वित्तीय संस्था सञ्चालन गरेको (बैंकिङ्ग कसुर) र ठगी मुद्दाको अनुसन्धानको लागि मोस्ट वान्टेड सूचिमा राखेर दुई वर्षदेखि खोज्दैछ।

No comments:

Post a Comment