Wednesday, August 1, 2012

अब अर्को जिल्लाबाट पनि नागरिकता पार्इने

१७ साउन, काठमाण्डौं । पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा काम गर्ने हुम्लीलाई अहिले नागरिकता बनाउनु पर्र्यो भने कति सास्ती पर्ला ? हुम्लै पुग्दाको समय, खर्च र सवै झन्झटको आँकलन सजिलो छैन् ।
तर सरकारी योजनाले समयमै काम गरे एक बर्षभित्रै कसैलाई पनि नागरिकता बनाउन आफ्नै जिल्ला जानुपर्ने झमेला हुनेछैन् । गृहमन्त्रालयले ‘ट्रान्सफर टु’ नामक सफ्वेयर निर्माण गरिसकेको छ ।यसले देशभरबाट नागरिकतासम्बन्धी विवरण केन्द्रीकृत गरी जहाँबाट पनि प्रयोग गर्न मिल्ने बनाउने खबर कान्तिपुर दैनिकले छापेको छ ।
अहिले सबै जिल्लामा नागरिकता वितरण प्रणाली कम्युटरकृत भईसकेको छ । पुराना अभिलेख भने अझै ढड्डा मिसिलमै छन् । ‘हामी अहिले केन्द्रीकृत नागरिकता सुचना प्रणाली निर्माणमा जुटेका छौं । सबै जिल्लालाई वाइड कम्प्युटर नेटवर्कमा जोडेर यो प्रणालील निर्माण गर्नेछौं,’ मन्त्रालयका इ-गभर्नेन्स शाखा प्रमुख प्रह्लाद पोख्रेलले भन्नुभयो । यो प्रणाली सुरु भएपछि नागरिकता वितरण देशव्यापी रुपमा सहज हुनुका साथै अभिलेखको दिगो र सुरक्षित हुने पोख्रेलले जानकारी दिनुभयो ।

No comments:

Post a Comment