Thursday, August 16, 2012

प्रअ बन्न मन लागेपछि !

३२ साउन, काभ्रे । काभ्रेको फलामेटारस्थित बालविकास माविका एक शिक्षकले प्रधानाध्यापक बन्न सहकर्मी शिक्षकको नक्कली हस्ताक्षर गरेको फेला परेको छ ।काभ्रेकोडाँडापारी क्षेत्रको विकट गाविस फलामेटारस्थित विद्यालयका शिक्षक कर्णबहादुर पाख्रिनले प्रधानाध्यापक बन्न आफ्नै सहकर्मी शिक्षकको नक्कली हस्ताक्षर गरेको रहस्य खुलेको हो । विद्यालय बिदाको समय पारेर बनेपाको एक होटलमा तीन शिक्षकको उपस्थितिमा बसेको बैठकले केही शिक्षकको हस्ताक्षर आफैँ गरिदिएका थिए ।
तराई घर भएका निमावि तृतीय शिक्षक अवधकिशोर चौरसिया र डाँडापारी नै घर भएका निमावि शिक्षक निजीस्रोतका गुणराज खुलालको हस्ताक्षर पाख्रिनले गरेका हुन् । आफ्नोहस्ताक्षर नक्कली भएको थाहा पाएपछि शिक्षक चौरसियाले ९७४५०६३८४० को मोबाइलबाट फोन गरेर विरोध जनाएका थिए । जिल्ला आउनेबित्तिकै नक्कली हस्ताक्षरविरुद्ध सम्बन्धित निकायमा उजुरी गर्ने उनले बताए । ‘शिक्षकजस्तो बुद्धिजीवीले प्रधानाध्यापक बन्न मेरो सहमति हुँदाहुँदै पनि घृणित कार्य गरे,’ उनले भने, ‘अब कारबाहीको प्रक्रियामा जान्छु ।’
शिक्षा ऐनमा प्रधानाध्यापक बन्न विद्यालय व्यवस्थापन समितिको निर्णय भएपछि शिक्षक कर्मचारीको सहमतिमात्रै भए पुग्छ । प्रधानाध्यापक प्रेमप्रसाद हुमागाईंले २३ असारमा एकीकृत नेकपा (माओवादी)को दबाबमा राजीनामा दिएपछि साउनको पहिलो साता बसेको बैठकले पाख्रिनलाई प्रधानाध्यापकमा नियुक्ति गर्ने निर्णय गरेको हो । ऐनले उनलाई प्रधानाध्यापक बन्न नदिने भए पनि माओवादीकै दबाबमा नियुक्तिका लागि सहमति प्रदान गरेको शिक्षकहरूले बताए ।
पाख्रिनले केही शिक्षकलाई बाटोमा भेटेर हस्ताक्षर गराएको भए पनि अधिकांश शिक्षकबिदाका समय गाउँमै भएकाले हस्ताक्षर गर्न पाएका छैनन् ।३२ साउनसम्म विद्यालय बिदा भएपछि पाख्रिनले त्यसअगावै प्रधानाध्यापक बन्ने मनोकांक्षाले शिक्षकको नक्कली हस्ताक्षर गरेको खबर सौर्य दैनिकले छापेको छ ।
यसअघि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर थिङ र प्रधानाध्यापक हुमागार्इंको मिलेमतोमा जिल्ला विकास समितिबाट अनुदान आएको विद्यालय निर्माणको रकम काम सम्पन्न नभई फस्र्योट भएपछि अभिभावकले जिल्ला विकास समितिमा उजुरी दिने निर्णय गरिसकेका छन् । अनियमितताको ढाकछोप गर्न पुन: माओवादीका नेता दिलबहादुर गोलेले माओवादीकै शिक्षक कर्णबहादुर पाख्रिनलाई प्रधानाध्यापकमा नियुक्ति गरेको शिक्षकले आरोप लगाएका छन् ।

No comments:

Post a Comment