Wednesday, August 22, 2012

सिटी सेन्टरको बेसमेन्टमा आगो लाग्यो

भाष्वर ओझा, काठमाडौं, भदौ ६ -राजधानीको कमलपोखरीस्थित सिटी सेन्टरको बेसमेन्टमा रहेको जेनेरेटरमा आगलागी भएको छ। बेसमेन्टमा आगलागी भएको हुनाले फैलिएन। यसबाट ठूलो धनजनको क्षति रोकिएको छ। धुँवाले सिटी सेन्टरका सबै तल्लाहरु प्रभावित भएको छ।
आगो नियन्त्रणका लागि ५ वटा दमकल परिचालन भएका छन्। सँगै पानी बोक्ने ४ ट्याङकरसमेत परिचालन गरिएको छ। आगो नियन्त्रणमा आएको भएपनि धुँवाका कारण पूरै मल अस्तव्यस्त बनेको छ। वेसमेन्टमा मोटर पार्किङ भएपनि जेनेरेटरबाट आगो अन्यत्र फैलिएको छैन।

No comments:

Post a Comment