Wednesday, August 22, 2012

पानी पर्ने र रोकिने क्रम जारी

६ भदौ, काठमाडौं । पानी पर्नुपर्ने असार र साउनका धेरै दिन सुख्खा रहेको मनसुन भदौ लाग्ने बित्तिकै सकृय भएको छ । साउनको अन्तिमदेखि नै लगातारजसो पानी परिरहेको छ । एकछिन घाम चरक्क चर्केपनि उतिखेरै दर्कने पानीले धेरैलाई सास्तीपनि दिएको छ । पानी पर्दैन होला भनेर छाता नबोकी हिँड्यो, बाटोमा पुग्दा मुसलधारे पानी बर्सन्छ । बुधबार पनि यस्तै भयो । मंगलबार बेलुकीदेखि रातभर पानी परेपछि बुधबार बिहान आकाश खुलेको थियो । अब त बेलुकी नभई पानी पर्दैन होला भन्ने धेरैलाई लागेको थियो । तर एकैछिनमा पानी दर्कियो ।
एक्कासी पानी परेपछि बाटोमा हिँडिरहेकाहरु हतारहतार ओत लाग्न नजिकका पसल र रुखमुनी पसे । कोही छाता ओढेरै हिँडे । कतिजना रुझ्दैभिज्दै दौडिए । एकैछिनमा फेरि वर्षा रोकियो । पानी पर्ने बित्तिकै पोखरी र नदी जस्तो देखिने राजधानीका सडक छन् । पानी रोकिएपछि पनि जमेको पानी र हिलोमा हिँड्नुपर्ने बाध्यता उस्तै छ ।
मनसुन सकृय
असार र साउनमा राम्रोसित सकृय हुन नसकेको मनसुन यतिबेला सकृय भएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । ‘बंगालको खाडीबाट आएको मनसुनी वाय अहिले सकृय अवस्थामा छ’ मौसमविद विद्यारत्न शाक्यले भन्नुभयो -’अझै एक दुईदिन मनसुन सकृय हुन्छ ।’ केहीबेर पानी रोकिएजस्तो भएपनि वर्षा हुने क्रमले भदौभर निरन्तरता पाउने मौसमविदहरुको भनाई छ । नेपालमा सामान्यतया जेठको अन्तिम हप्तादेखि भदौसम्म मनसुन सकृय हुन्छ । तर यसवर्ष मनसुन शुरु हुन ढिलाई भएको थियो

No comments:

Post a Comment