Friday, August 24, 2012

ट्राफिकलाई छल्न खोज्दा ज्यानै गयो

८ भदौ, काठमाण्डौं । भक्तपुरको सल्लाघारीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ट्राफिकको चेकजाँचका भइरहेको बेला छलेर भाग्नेक्रममा मोटरसाइकल दुर्घटनामा परेको हो । दुर्घटनामा मोटर साईकल चालक रोसन थापाको मृत्यु भएको छ भने उक्त मोटरसाइकलको ठक्करले दुईजना प्रहरी जवान घाइते भएका छन् ।
तिब्र गतिमा आएको वाईक चेकजाँचका लागि रोक्ने इसारा गरेपनि अझै गति बढाएपछि अनियन्त्रित भएर पल्टेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment