Friday, August 24, 2012

सवारी दुर्घटनामा एकको मृत्यु, २१ घाइते

८ भदौ, कपिलवस्तु । कपिलवस्तुको जवाभारीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २१ जनाघाइते भएका छन् । दुर्घटनामा परेर जीप चालक जवाभारी ५ का २७ वर्षका जगराम लोनियाको मृत्यु भएको हो । कृष्णनगरबाट दाङको लागि छुटेको लु १ ख ३५ ३२ नम्बरको बस र लु १ ज ६१२ नम्बरको जीप चन्द्रैाटा-कृष्णनगर सडकखण्ड अन्तर्गत जवाभारी ९ मा टोक्किदा दुर्घटनामा भएको हो ।
दुर्घटनामा परी दाङको सिसहनिया ७, लठ्ठहवा बस्ने ३५ वर्षीय रम्भा चौधरी, भारत सिद्धार्थनगरकी ४० वर्षीय अनारकली प्रजापति र भारतकै ४५ वर्षीय छेदी प्रजापतीलगायतका घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको शिवराज अस्पताल बहादुरगञ्जमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बहादुरगञ्जका प्रहरी नायव निरीक्षक तुलबहादुर अधिकारीले जानकारी दिनुभयो । घाइतेमध्ये अधिकांश प्यूठानको स्वर्गद्वारी दर्शनका लागि हिंडेका तीर्थयात्रीहरु रहेको बताइएको छ ।

No comments:

Post a Comment