Thursday, August 2, 2012

यस्तो थियो काशी गुरुङको जालो

काठमाडौं, साउन १८ (नागरिक) - बिनाअनुमति इन्स्योरेन्स र स्वास्थ्यको नेटवर्किङ व्यवसाय सञ्चालन गरी चार अर्बको ठगी गरेर फरार भएका युनिटी लाइफ इन्टरनेशनलका अध्यक्ष प्रसाद भनिने काशी गुरुङ कुनै समय भारतीय सेनामा कार्यरत स्याङ्जा फेदीखोलाका काशी सैनिक जागिरछाडेर प्रारम्भमा नेटवर्किङ व्यवसाय गोल्ड क्वेस्टमा संलग्न थिए।
उनी हङकङमा बसेर काम गर्थे। करिब २ अर्ब रकम ठगेर गोल्ड क्वेस्टका सञ्चालक फरार भएपछि उनले आफ्नै नेतृत्वमा गोल्डक्वेस्ट पीडित संघर्ष समिति गठन गरेर आन्दोलन गरेका थिए। पछि उनले सोही कम्पनीको नक्कल गर्दै आफ्नै नेतृत्वमा युनिटी गठन गरेका थिए।
२०६२ फागुन १५ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको एस्युरेन्स युनिटी लाइफ इन्टरनेशनल प्रालि नामको कम्पनी २०६२ भदौमा पब्लिक लिमिटेड बनेको थियो। युनिटीले अनुमति नै नलिई बैकिङ, ट्राभल्स, इन्स्योरेन्स र स्वास्थ्य सेवा थाली हवाई सेवा पनि सुरु गर्ने प्रचार गरेको थियो।
उसले १५ हजार रकम असुलेर सर्वसाधारणलाई बैकिङ योजनामा सहभागी गराउँदै आएकोथियो। उसले आफ्ना सदस्यलाई निःशुल्क उपचारको आश्वासनसमेत दिएको थियो।
तीन सय बोइङ विमान किन्ने, सात हजार मेगावाट विद्युत र दुई अर्ब लिटर डिजल उत्पादन गर्ने प्रचार गरेका उनीहरूलेगैरकानुनी संरचनाका आधारमा सर्वसाधारणलाई प्रलोभन देखाएर ठगी गरे पनि सम्बन्धित निकाय मौन बसेको थियो।
उच्च तहको राजनीतिक संरक्षणसमेत लिएका युनिटीका सञ्चालकले गर्दै आएको बदमासीलाई नागरिक दैनिकले सार्वजनिक गरेपछि सरकार कारबाहीमा उत्रेको थियो।
युनिटीले गरेको एकपछि अर्को ठगीका श्रृंखला सार्वजनिक भएपछि २०६४ माघ २४ गते युनिटीको कारोबारमा सहयोग गर्न प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्ने गृह मन्त्रालय युनिटीका सञ्चालकबिरुद्ध कारबाहीमा उत्रेको थियो। प्रारम्भमा तल्ला तहका नेतृत्वबाट कारबाही सुरु गरी काशीलगायतलाई छुट दिँदा उनीहरु सहजै उम्किएका थिए।
युनिटी ठगी प्रकरणको अनुसन्धानका लागि गृहले उच्चस्तरीय समिति गठन गरी अनुसन्धान गराउँदा तीन अर्ब ७९ करोड ९८ लाख रकम ठगीएको तथ्य सार्वजनिक गर्दै सञ्चालक, प्रेसिडेन्ड र डबल प्रेसिडेन्ट गरी ३० भन्दा बढीबिरुद्ध कारबाही प्रक्रिया अगाडि बढाएको थियो।

No comments:

Post a Comment