Monday, August 20, 2012

बस र ट्रक ठोक्किदा ६ जनाको मृत्यू

नवलपरासी, भाद्र ४ - पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको अरुणखेला जंगलमा आइतबार राति भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएकोछ । ४२ जना घाइते भएको छन् ।
काठमान्डौं बाट महेन्द्रनगर तर्फ जाँदै गरेका ना ४ ख १०९२ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेका युपी ५३ वि टि ९३ ८७ नम्बरको इन्डियन ट्रक एक आपसमा ठोक्किदा ४ जनाको घटना स्थलमै र २ जनाको भरतपुर अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।
घाइतेहरु मध्य ४ जनाको पुरानो मेडिकल कलेज भरतपुर, ७ जनाको मध्यविन्दु अस्पताल डण्डा र ३१ जनाको मनकामना मेडिकल हल अरुडखोलामा उपचार भइ रहकेा छ ।
मृत्यु भएका मध्ये वैतडी घर भएका बसका चालक महनसिंह रवल को मात्र परिचय खुलेको छ ।

No comments:

Post a Comment