Monday, August 20, 2012

के गर्दै छन् पारस बैंककमा

४ भदौ, काठमाण्डौं । स्वदेशमा रहँदा विवादमा आइरहने पूर्वयुवराज पारस एक बर्षदेखि पूर्ण रुपमा गुमनाम छन् । उनी अहिले परिवारको पनि सम्पर्कबाहिर बैंककमा छन् ।
गत ११ भदौमा उनी बैंकक उडेका थिए, त्यसयता काठमाण्डौं आएका छैनन् । स्रोतका अनुसार केही समययता उनी आफ्नो परिवार र निकट साथीहरुबाट पनि टाढिन खोजेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहका बालसखा प्रभुशमसेर राणाले उपहारस्वरुप दिएको बैंकको एकफ्याटमा पारस बसिरहेका छन् । सुरुमा उनले छोरा र एक छोरीलाई पनि सँगै लिएर गएका थिए । पारसले छोराछोरीलाई त्यहाको एक स्कूलमा भर्ना गरेका थिए । तर, पाँच महिना अघि पूर्वयुवराज्ञी हिमानीले बंैकक गई छोरा र छोरीलाई काठमाण्डौं फिर्ता ल्याएकी छन् । छोराछोरी काठमाण्डौं आएपनि पारस एक्लै बस्दै आएका छन् ।
बैंककमा यति लामो समयसम्म पारस विदेशमा बसेको यो नै पहिलो हो । यसभन्दा पहिले उनी सिंगापुर र बैंककमै भएको बेला पनि दुईतीन महिना भन्दा बढी बस्ने गर्दैनथे । तर, यतिखेर उनी पुराना साथी र आफ्नै परिवारबाट समेत टाढा हुन खोजेर लामोसमय सम्म बाहिरै रहेको खबर नयाँ पत्रिका दैनिकमा छ ।
उनका परिवारका केही सदस्यले भने पारसको एकजना थाई युवतिसँग प्रेम चक्कर चलेको छ । प्रेम चक्करकै कारण उनी बाहिर ननिस्केको हुनसक्ने उनको अनुमान छ । यता पारसका साथीहरुले भने कोही केटीसँग प्रेम गर्दैमा नेपाल आउनै नसक्ने वातावरण नहुने बताउँछन् । ‘थाइल्याण्ड जस्तो मुलुकमा कोही केटीसँग बोल्नु कुनै नौलो कुरा होइन्’, पारसको निकटका एक साथले भने ।
स्रोतका अनुसार स्वदेशमा रहँदा पारस मिडिया र सार्वजनिक कार्यक्रममा जान इच्छा गर्ने तथा देशका विभिन्न ठाउँमा घुम्ने गरेका थिए । उनका बुवा ज्ञानेन्द्र शाहले भने यसरी सार्वजनिक रुपमा अभिव्यक्ति दिँदा उनको भनाई अपरिपक्व हुने भन्दै बोल्नमा बन्देज लगाउने गरेका थिए । यही विषयमा बाबुछोराबीच कुरा नमिल्ने गरेको स्रोतको दाबी छ । स्वदेशमा बसेर केही गर्ने वातावरण नभएको भन्दै उनी बैंकक हानिएको उनका नजिकका साथिहरुको भनाई छ ।
काठमाण्डौमा रहँदा आफुले चाहेको गर्न नपाउने र बोल्न नपाउने भएपछि बैंकक गएका उनी अहिले परिवार र पुराना साथीहरुसँग पनि बेखबर रहेका छन् । परिवारसँग नियमित फोन सम्पर्क नगर्ने पारसले उनका साथी शिव सेनाका अध्यक्ष अनिल बस्नेतलाई भने नियमित सम्पर्क गर्ने गरेका छन् । बस्नेतले भने-’बेलाबेलामा फोन गरेर नेपालको स्थितिका बारेमा के छ भनेर सोधनी भइरहन्छ ।’

No comments:

Post a Comment