Wednesday, August 22, 2012

झाडापखालाबाट दुईको मृत्यु

६ भदौ, धनगढी । सुर्खेतसँग सीमा जोडिएको अछाम जिल्लाको तुर्माखात गाविस-८ जुया गाउँमा झाडापखालाबाट दुईजनाको मृत्यु भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय अछामका महामारी नियन्त्रण फाँटका झपट ढुङ्गानाका अनुसार जुया गाउँका ३५ वषर्ीय कोपिला विक र आठ वर्षीय जयभान विकको झाडापखालाका कारण मृत्यु भएको छ । गाउँमा फैलिएको झाडापखालाबाट १० जना बिरामी भएकामा अझै तीन जनाको उपचार भइरहेको र केही उपचारपछि निको भएको ढुङ्गानाले बताउनुभयो ।
रोग प्रभावित क्षेत्रबाट झण्डै दुई घण्टाको पैदल दुरीमा रहेको स्वास्थ्य संस्थामा समयमै पुर्‍याउन नसक्दा उनीहरूको मृत्यु भएको बताइएकोछ ।

No comments:

Post a Comment