Sunday, August 19, 2012

सोमबारबाट हप्तामा ४८ घण्टा लोडसेडिङ

३ भदौं, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय बढाएको छ । भोलि सोमबारदेखि लागू हुने गरी हप्तामा ४८ घण्टा विद्युत कटौती हुने छ ।
कुलेखानीमा पोहोरको तुलनामा यस पटक पानीको सतह घटेको, भारतबाट साविकमा आइरहेको विद्युत सप्लाईमा कटौती भएकोर विद्युतको माग पनि बढेका कारण लोडसेडिङ बढाउनु परेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले आइतबार निकालेको नयाँ तालिका अनुसारअब हप्तामा ४ दिन ७-७ घण्टा र ३ दिन ६-६ घण्टा विद्युत कटौती हुनेछ । प्राधिकरणले साँझको समयमा विद्युत खपत कम गरी लोडसेडिङ न्यूनिकरण गर्ने काममा सहयोग गर्न पनि आग्रह गरेको छ ।

No comments:

Post a Comment