Sunday, August 19, 2012

राष्ट्रपति ज्ञानेन्द्र बन्न खोज्दैछन्: कर्ण

३ भदौ, काठमाडौं । सत्तारुढ सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले राष्ट्रपति डा. रामवरण यादव पूर्व राजा ज्ञानेन्द्र बन्ने पथमा उद्दत रहेको आरोप लगाउनु भएको छ ।
अध्यादेश जारी नगरेर राष्ट्रपतिले संविधानको उल्लघनगरेको भन्दै उहाँले राष्ट्रपतिको कदमविरुद्ध एमाओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संयुक्त रुपमा आन्दोलन गर्ने बताउनु भयो ।
सरकारले फेरि राष्ट्रपतिले अस्विकृत गरेको विधेयक पठाउने भन्दै उहाँले त्यसलाईपनि फिर्ता गरे आन्दोलनबाट राष्ट्रपति हटाउने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो-’फेरि अध्यादेश लिएर जान्छौं । त्यसपछि पनि फिर्ता गरेर राष्ट्रपतिलाई बाँकी राख्दैनौ ।’
राष्ट्रपतिले प्रधानमन्त्री डा. बाबुराम भट्टरार्इ हटाउने प्रयास गरेजनताले राष्ट्रपति हटाउने उहाँको भनाई छ । राष्ट्रपति नयाँ निर्वाचन गर्न दिने पक्षमा नरहेको आरोप लगाउँदै कर्णले सरकारले पेश गरेको अध्यादेश राष्ट्रपतिले फिर्ता गर्न नसकने जिकिर गर्नु भयो ।
कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष प्रेमबहादुर खड्काले राष्ट्रपतिले अध्यादेश जारी नगर्नु संविधानसम्मत भएको बताउनु भयो । राष्ट्रपति सन्तुष्ट नरहेको र निर्वाचन आयोगले निर्वाचन सम्भव नरहेको अवस्थामा अध्यादेश जारी नगर्नु संविधानसम्मत रहेको भन्दै संविधानमै राष्ट्रपतिले जारी गर्न नसक्ने ब्यवस्था रहेको बताउनु भयो । खड्काले कामचलाउ प्रधानमन्त्रीले आफ्नो नेतृत्वमा सहमति जुटाउन नसकेकोले राष्ट्रपतिले अन्तरिम संविधानको धारा ३८ १ अनुसार नयाँ सहमतिको सरकार गठनको लागि आब्हान गर्न सक्ने दावी गर्नुभयो ।
बार एसोसिएसनका पूर्व अध्यक्ष विश्वकान्त मैनालीले राष्ट्रपतिले अध्यादेश फिर्ता गर्ने मात्रनभई सरकारै परिवर्तन गर्न सक्ने दावी गर्नुभयो । अधिवक्ता टिकाराम भट्टराईले काम चलाउ भईसकेको सरकारले भन्दैमा अध्यादेश जारी गर्नुपर्ने बाध्यता राष्ट्रपतिलाई नभएको स्पष्ट पार्दै संविधान संशोधन नगरी निर्वाचन सम्बन्धी ऐन संसोधनको अध्यादेश ल्याउनु आफैमा हास्यास्पद भएको तर्क गर्नुभयो ।
बारका पूर्व महासचिव रमणकुमार श्रेष्ठले राष्ट्रपति स्वेच्छाचारी ढंगले अघि बढेको भन्दै यस्तै अवस्था रहे राष्ट्रपति रहने वा नरहने भन्ने गम्भीर अवस्थाको सृजना हुने दावी गर्नुभयो ।

No comments:

Post a Comment