Sunday, August 19, 2012

युएईमा मृतुदण्ड सुनाईएका छोराको जीवन रक्षाका लागि अपिल

३, भदौ, काठमाडौ । पर्वत जिल्ला रामजे चित्रे गा.वि.स. वडा न.:४ निवासी नेपाली नागरिक दुर्गा बहादुर सुनारकी आमा मनकुमारी सुनारले युएईस्थितसरकारी अदालतदारा हत्याको अभियोगमा मृत्युदण्ड सुनाइएका छोराको जीवन बचाउनका लागि अपिल गरेकी छन् ।
संयुक्त अरब इमिरेट्सको शारजहास्थित एक कम्पनीमा काम गर्ने हासेपोसा–२ सुनसरीका अर्का नेपाली नागरिक गणेश बहादुर बस्नेतलाई १४ जनवरी २००९ मा हत्या गरेको अभियोगमा त्यहाँको अदालतले सुनारलाई २०१० मार्च ३१ मा कर्तब्य ज्यान मुद्धाको अभियोगमा यही (सेप्टेम्बर) भाद्र महिनामा फाँसी दिने फैसला गरेको थियो ।
त्यहाँस्थित राजदुतावासले अदालतको फैसला अनुसार सजायका लागि तीन विकल्पहरु सहित नेपालस्थित प्ररराष्ट्र मन्त्रालयलाई पत्र पठाएको थियो । त्यस पत्रमा दोसी ठहराईएका सुनारलाई मृत्युदण्डको सजाय दिने, दिया रकम(ब्लड मनी) लिई मार्फी गर्ने वा दिया रकम नलिई मृत्यूदण्ड नदिने गरी माफी गर्ने भनि तीन विकल्प मध्ये कुनै एक विकल्प दिने, नदिएमा सेप्टेम्बरमा मृत्यूदण्ड दिने भन्ने कुरा उल्लेख गरिएको छ ।
सुनारद्धारा ३ वर्ष अगाडि विदेशमा हत्या गरिएको भनिएका सुनसरीका गढेश बहादुर बस्नेतका परिवारलेक्षतिपूर्ति स्वरुप नेपाली २० लाख रुपैयाँ माग गरेको सुनारका छिमेकी लालशर्मा सुवेदीले बताए ।
आइतबार काठमाडौमा एक पत्रकार सम्मेलन गरी सुनार पक्षले सुनार परीवार र बस्नेत परीवार दुबैको आर्थिक अवस्था नाजुक रहेको अर्थात उनीहरु सुकुम्वासी भएको हुनाले घटनाको क्षतिपूर्ति सरकारद्धारा पीडीत पक्षलाई दिई सुनारलाई मुक्तिदिलाउन आग्रह गरेको छ ।
सुवेदीका अनुसार क्षतिपूर्तिका लागि रकम सङ्कलनगर्न गाउँमा गुहार गर्दा जम्मा नौ सय रुपैयाँ संकलन भएको थियो । सुनारकी आमाको घर, लालपुर्जा, जग्गा, केही नभएको र उनका श्रमान पनि नभएकाले अर्काका घरमा मजदुरी गरेर पेट पाल्दै आएकी छन् ।
पीडित पक्षले परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री कार्यालय, बैदेशिक रोजगार प्रवर्दन बोर्ड, कानुनी तथा कन्सुलर साखा लगायत ठाउँमा सुनारको जीवन रक्षाका लागि निबेदन पेश गरेको तर यी निकायहरुले अहिलेसम्म कुनै चासो नदिएको गुनासो गरेका छन् ।
पत्रकार सम्मेलनमा मानव अधिकारकर्मीहरुले यस घटनाप्रति परराष्ट्रमन्त्रालय र सरकारको उदासिनताप्रति भत्र्सना ब्यक्त गर्दै पीडितलाई क्षतिपूर्ति र सुनारको जीवन रक्षाका लागि सरकारद्धारा तुरुन्त पहल गरिदिन जोडदार माग गरेका छन् ।
हत्याको अभियोगमा मृत्यूदण्ड सुनाईएका दुर्गाबहादुर सुनार बैदेशिक रोजगारका सीलसिलामा २०६० सालमा युएईको शारजाहमा गएका थिए

No comments:

Post a Comment